-
अभिनेत्री केकी अधिकारीले चैत १ गते आईतबार साँझ आफ्नो इन्स्टाग्रामको स्टोरीमा केही भिडियोहरु अपलोड गरिन् ।
उनका ती भिडियो स्टोरी देख्ने बित्तिकै अधिकांशले निक्कै अचम्म मानेको प्रतीक्रिया आउन थालेको छ । किनभने भिडियोमा केकीलाई अहिलेसम्म नदेखिएको रुपमा देखिएको छ ।अर्थात उनको टाउकोमा कपाल नै छैन । उनले सार्वजनीक गरेको फोटोमा उनले कपाल खौरेकी छिन् ।
इन्स्टाग्राममार्फत उनले आफ्नो कपाल खौरिएपछिको नयाँ लुक्स सार्वजनिक गरेकी हुन् ।कपाल किन खौरिएको भनेर केही नबताए पनि उनले आफ्नो आगामी प्रोजेक्टमा फरक भूमिकामा देखिने संकेत दिएकी छन् ।पहिलो भिडियोमा उनले क्याप्सन लेखेकी छिन् –’चेञ्ज इज ब्यूटिफूल, बाल्ड इज ब्यूटिफूल ।’
तेस्रो भिडियोमा उनले लेखेकी छिन् –‘ह्वाइ, ह्वाइ नट ? अन्तिम भिडियोमा उनले युवतीहरु मुडुलो कपालमा झन् बोल्ड हुने आशय व्यक्त गरेकी छिन् । अभिनेत्री अधिकारीले कपाल मुडुलो पार्ने कारण भने खुलाएकी छैनन् ।
यद्यपि यतिबेला उनी ‘बोक्सीको घर’ फिल्ममा सक्रिय छिन् ।उक्त फिल्म तीन वर्षअघि मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ मा आधारित छ ।यो फिल्ममा केकी नै प्रमुख भूमिकामा छिन् ।फिल्ममा आफूलाई पृथक शैलीमा प्रस्तुत गर्नकै लागि केकीले कपाल खौरिएको अनुमान गरिएको छ ।
News Desk 0 response मङ्लबार, चैत्र ३, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३