-
‘मिस इको इन्टरनेशनल नेपाल’ अनुश्मा रायमाझी आइतबार साँझ इजिप्ट उडदैछिन् । ‘मिस इको इन्टरनेशनल २०२१’मा नेपाल प्रतिनिधित्व गर्न उनी त्यस तर्फ जान लागेकी हुन् ।
६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगिता १८ मार्चदेखि ५ जुनसम्म आयोजना हुँदैछ । २१ वर्षीय रायमाझीले प्रतियोगितामा नेपाल कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थानको भिडियो सहित सहभागी जनाउन लागेकी हुन् ।
कार्यक्रमका लागि रायमाझीको पहिरन ड्रेस डिजाइनर मेगबी श्रेष्ठले तयार पारेकी छन् । मिस इकोका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले नेपाली प्रतिनिधिको रुपमा लाई पठाउन लागेको हो । प्रतियोगिताको लागि बिभिन्न प्रशिक्षण लगायत आवश्यक तयारी समेत गरेकी रायमाझी मार्फत यो पटक अवार्ड नेपाल भित्र्याउने लक्ष्य रहेको ग्रीन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए ।
‘मिस इको इन्टरनेशनल’ एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल।टी।सि।पि।अर्गनाईजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरीका पर्यावरण, संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्क मार्फत सूचना प्रवाह गर्ने रहेको छ ।‘ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ मिस इको नेपालको आधिकारिक राष्ट्रिय निर्देशकको रुपमा रहेकी छन् ।
News Desk 0 response आइतवार, चैत्र १, २०७७
सम्बन्धित शीर्षकहरु
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





