• पत्रकार जमाल खशोग्जीको हत्या साउदी अरबका युवराज सलमान बिन मोहम्मदको निर्देशनमा भएको अमेरिकी गुप्तचर विभागले दाबी गरेको छ ।अमेरिकी गुप्तर विभागले गरेको अध्ययन रिपोर्टमा सन् २०१८ मा स्तानबुलमा भएको हत्यामा साउदी युवराज सलमान संलग्न भएको उल्लेख छ ।

    युवराज सलमानले खशोग्जीको अपहरण गरेर हत्या गर्ने आदेश दिएको रिपोर्टमा दाबी गरिएको छ । सलमानले भने खशोग्जीको हत्यामा आफूले निर्देशन नदिएको दावी गदैए आएका थिए ।

    पत्रकार खशोग्जीको स्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासभित्र हत्या भएको थियो । खशोग्जी साउदी राजपरिवारको कट्टर आलोचक थिए ।खशोग्जी हत्या प्रकरणमा साउदीको एक अदालतले पाँच जनालाई फाँसीको सजाय सुनाएको थियो । तर, गएको वर्ष अदालतले फैसला परिवर्तन गर्दै उनीहरुलाई २० वर्ष कैद गर्ने निर्णय गरेको थियो ।

4565