• नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग ‘पिएसएल’ खेल्न शनिवार त्यततर्फ प्रस्थान गरेका छन । लामिछाने कतार एअरवेजमार्फत दोहा हुँदै कराँची गएका हुन ।

    शुक्रबार साँझ मात्रै सन्दीपले पिएसएल खेल्ने पक्का भएपछि उनी पाकिस्तान गएका हुन । उनले लाहोर कलन्दर्सबाट प्रतियोगितामा सहभागिता जनाउनेछन । लामिछानेलाई राशिद खानको ठाउँमा बाँकी खेल खेलाउने निर्णय लाहोर कलन्दर्सले गरेको हो ।

    जिम्बावेविरुद्धको टेष्ट र टी ट्वान्टी सिरिजका कारण अफगानिस्तानी क्रिकेट खेलाडी खानले पिएसएलको बीचमा छाडेका हुन । लाहोर कलन्दर्सले जारी प्रतियोगितामका तीन खेलमा दुईमा जीत तथा एकमा हार बेहोरेको छ । लाहोर कलन्दर्स लिगको तेस्रो स्थानमा रहेको छ । लामिछानेले यसअघि सन् २०१९ मा पनि लाहोरबाट नै खेलेका थिए ।

    सन्दीपले सात खेलमा ११ विकेट लिएका थिए । सन् २०२० मा भने उनले पिएसएल खेल्न पाएका थिएनन । सन्दीप पछिल्लो दुई सिजन ड्राफ्टमा अनसोल्ड भएका थिए ।

4565