-
राजधानीमा जारी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम आरसीटीले सहज जित निकालेको छ । बिहीबार भएको खेलमा १० खेलाडीमा सिमित आरसीटीले नयाँबस्ती युवा क्लबलाई ४–२ गोल अन्तरले हराएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको छैटौं मिनेटमा अजित गुरुङले पेनाल्टीमा गोल गर्दै आरसीटीलाई अग्रता दिलाएका थिए । खेलको १९ औं मिनेटमा गणेश हमालले गोल गर्दै नयाँबस्तीलाई १–१ गोलको बराबरीमा फर्काए । खेलको ५० औं मिनेटमा सचु गुरुङले गोल गर्दै नयाँबस्तीलाई २–१ को अग्रता दिलाएका थिए ।
त्यस्तै खेलको ६६ औं मिनेटमा सुरेन खवासले गोल गर्दै आरसीटीलाई २–२ को बराबरीमा ल्याए । ६८ औं मिनेटमा आशिष चापागाईले रातो कार्ड पाएपछि आरसीटी १० खेलाडीमा समेटियो । खेलको ८३ औं मिनेटमा विश्व थापाले गोल गर्दै आरसीटीलाई ३–२ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा अजितले व्यक्तिगत दोस्रो गोल गर्दै आरसीटीलाई ४–२ को जित दिलाए । जितसँगै आरसीटीले ७ खेलमा ९ अंक जोडेको छ । नयाँबस्तीले ७ खेलमा ११ अंक जोडेको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन १३, २०७७
-
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
बजेटको विषयलाइ लिएर सत्ता साझेदार दलहरुबीच नै विवाद
आइतवार, असार १, २०८२ -
कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट
आइतवार, असार १, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
एसईई प्रदेशबाट सञ्चालन गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्ताव
शनिबार, जेष्ठ ३१, २०८२
-
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल भेला तथा बाल प्रतिभा प्रस्फुटन कार्यक्रममा सम्पन्न,बालमैत्री नगर घोषणाको तयारी
शनिबार, जेष्ठ ३१, २०८२ -
सहकारी अनुगमन तथा व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२
-
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२