-
पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठले ’एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी’ अवार्ड जितेका छन् ।नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार भक्तपुरमा आयोजना गरेको १५ औं एनएनआईपीए स्पोर्ट्स अवार्डमा महिलातर्फ गौरिका र पुरुषतर्फ मन्दे सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।
एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गर्ने २६ खेलाडीमध्येबाट गौरिका र मन्दे सर्वोत्कृष्ट ठहरिए । सर्वोकृष्ट चुनिएसँगै गौरिका र मन्देले १–१ लाख रुपैयाँ प्राप्त गरेका छन् । यस्तै यस पटक थप गरिएको राइजिङ प्लेयर अफ दि इयर अवार्ड पुरुषमा गल्फका सुवास तामाङ र महिलामा कुस्तीकी संगीता धामीले प्राप्त गरे ।
दुबैले जनही ५०–५० हजार रुपैयाँ प्राप्त गरे । प्रतिभावान खेलाडीको अवार्ड पुरुषमा फुटबलका सुजल श्रेष्ठ र महिलातर्फ तेक्वान्दोकी आयशा शाक्यले प्राप्त गरे । उनीहरुले जनही ५०–५० प्राप्त गरे । यस्तै अवार्ड कार्यक्रममा विभिन्न २६ खेलका उत्कृष्ट खेलाडीलाई ’एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट खेलाडी अवार्ड पाउने २६ खेलका प्रत्येक खेलाडीले जनही १०–१० हजार नगद प्राप्त गरे ।
कार्यक्रममा पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज आदर्श खेलाडी’ अवार्डबाट कराते प्रशिक्षक अकबर शाह सम्मानित भएका थिए । शाहले ३५ हजार प्राप्त गरे । पारा एथ्लेटिक अवार्ड टेबलटेनिसका केशव थापाले प्राप्त गरे । खेलाडीहरुलाई मध्यपुर थिमी नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेश सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र श्रेष्ठ र सम्बन्धित खेल संघका पदाधिकारीहरुले पुरस्कार प्रदान गरेका थिए । १६ औं संस्करणको यो अवार्ड गोदावरी नगरपालिकाले आयोजना गर्ने त्यहाँका नगर पालिकाका मेयर गजेन्द्र महर्जनले घोषणा गरे ।
News Desk 0 response शनिबार, फाल्गुन ८, २०७७
सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
पर्यटन पत्रकारिता तालिम सुरु, कोशीका गन्तव्य उजागर गर्ने लक्ष्य
बुधबार, चैत्र २५, २०८२

आइतवार, चैत्र २९, २०८२