• बाबा रामदेवले शुक्रबार कोरोनाको नयाँ औषधि बनाएको दावी गरेका छन् । कोरोना महामारी चलिरहेको समयमा उनको यस्तो दावी आएको हो । रामदेवको औषधि उत्पादक कम्पनी पतञ्जलीले कोरोनाको औषधि बजारमा ल्याएको हो । कोरोनाको यो औषधि ‘इभिडेन्स बेस’ मा आधारित रहेको पताञ्जलीले जनाएको छ । कोरोनाको औषधि सार्वजनिक सडक तथा परिवहन मंत्री नितिन गडकरीले गरेका हुन ।

    पतञ्जलीले यो औषधि विश्व स्वास्थ्य संगठनले प्रमाणित र अनुमति दिएको दावी गरेको छ । यस अघि पतञ्जलीले २०२० जुनमा ७ दिनमा कोरोनाको उपचार हुने ‘कोरोना किट’ सार्वजनिक गरेको थियो । तर त्यसले प्रभावकारी काम गर्न सकेको थिएन ।

4565