-
नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार प्रदान गर्ने एनएनआईपिए स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको बताएको छ ।
संघले बिहीबार पत्रकार सम्मेलन गरेर मध्यपुर ठिमी स्थित नगरपालिकाको निगु पुखुमा वितरण हुने अवार्डको तयारी पूरा भएको जनाएको हो । अवार्ड कार्यक्रममा २६ खेलका उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान खेलाडी, उत्कृष्ट पारा खेलाडी, आदर्श खेलाडी अवार्ड र खेल पत्रकारिता अवार्ड प्रदान गर्नेछ ।यस्तै उत्कृष्ट खेलाडीहरुबाट छनोट गरेर एक महिला र एक पुरुषलाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिने छ । सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही १÷१ लाख रुपैयाँ पाउने छन् । उत्कृष्ट खेलाडीले जनही १०÷१० हजार पाउने आयोजकले जनाएको छ । प्रतिभावान महिला र पुरुष खेलाडीले ५०÷५० हजार रुपैयाँ पाउने छन् ।
संघले यसपटक राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थप गरिएको एनएनआईपिएका अध्यक्ष दीपक श्रेष्ठले बताउनुभयो । यस विधाका विजेता महिला र पुरुष खेलाडीले जनही ५०÷५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।संघले प्रदान गर्ने अवार्डमा यस पटक १३ औं दक्षिण एसियाली खेलकुद सागमा समावेश भएका खेलका खेलाडीलाई समावेश गरिएको आयोजकले जनाएको छ । संघको सिफारिस उत्कृष्ट घोषित हुने खेलाडी बाहेक अन्य विधाको विजेताका छनोट दीपक विष्ट संयोजकत्वको छनोट गरी अवार्ड प्रदान गर्नेछ ।
News Desk 0 response बिहिबार, फाल्गुन ६, २०७७
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२