मुख्य खबर

एमसीसीबारे व्यापक छलफल गरेर सहमतिअनुसार पास गराईने :प्रधानमन्त्री शेरबहादुर देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने बताउनु भएको छ । आईतवार नेकपा (माओवादी केन्द्र) को ८ आँै महाधिवेशनमा बोल्दै प्रधानमन्त्री देउवाले एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने बताउनु भएको...

व्यवस्था नै उल्ट्याउने षड्यन्त्र भैरहेको दाहालको दावी (भिडियो अन्र्तवाता सहित)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले व्यवस्था नै उल्ट्याउने षड्यन्त्र भैरहेको बताएका छन् । पुस ११ देखि हुन लागेको राष्ट्रिय सम्मेलनको पुर्बसन्ध्यामा दाहालले एकथरी मानिसहरु ब्यबस्था नै उल्ट्याउन लागिपरेको बताएका हुन । संविधानको रक्षा...

नेकपा एमाले बिखण्डनतर्फ जान लागेकाले अव माथि उठ्न नसक्ने झलनाथ खनालको तर्क

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेकपा एमाले बिखण्डनतर्फ जान लागेको भन्दै अव माथि उठ्न नसक्ने तर्क गरेकाछन् । बिहीबार काठमाडौंमा आयोजित पुस्तक बिमोचन कार्यक्रममा जनताप्रति गरेका प्रतिवद्धता पुरा नगरेको र पार्टीको कार्यदिशा...

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा बाँकी काम,हक दायित्व, सम्पत्ति, श्रेष्ता, कागजात तथा विवरणहरु हस्तान्तरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतका काम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र शहरी विकास मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । कार्यकाल सकिन लागेको अघिल्लो दिन बिहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच पुनर्निर्माण प्राधिकरणले बाँकी...

विधिको शासन कायम गर्न विद्यमान कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक :प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले विधिको शासन कायम गर्न विद्यमान कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक रहेको बताएकाछन् ।बिहीवार महान्यायाधिवक्ताको कार्यालयको ७१ औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकमा विधिको शासन कायम गर्नका लागि विद्यमान...

सरकारमाथि ओलीको प्रहार :गठबन्धन सरकार विकास विरोधी

नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको गठबन्धन सरकार विकास विरोधी भएको आरोप लगाएका छन् । बिहीवार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनको सरकारलाई निकम्माको संज्ञा दिँदै सरकारलाई विकासप्रति कुनै चासो नभएको आरोप...

प्रदेश दुईको अधिवेशनमा मतदानको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट

नेपाली कांग्रेसको प्रदेश दुईको अधिवेशनमा मतदानको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट भएको छ । राति निर्वाचन गर्न नहुने भन्दै कांग्रेस नेता विमलेन्द्र निधि पक्षधर नेता तथा कार्यकर्ताले नारावाजी गर्न थालेपछि अधिवेशन स्थल तनावग्रस्त बनेको...

मन्त्रीका लाजलाग्दो कुरा: कृषकका मागअनुसार रासायनिक मल उपलब्ध गराउन नसक्ने

कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादवले कृषकका मागअनुसार रासायनिक मल उपलब्ध गराउन नसक्ने बताएका छन् । अन्तर्राष्ट्रिय बजारमै रासायनिक मल अभाव भएको उल्लेख गर्दै मन्त्री यादवले मागअनुसार उपलब्ध गराउन नसक्ने स्पष्ट पारेका हुन...

ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा सुवेदी दम्पती पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनामा नक्कली सरकारी कागजात तयार पारेको अभियोगमा रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई पक्राउ गरेको छ । मंगलबार पक्राउ परेका उनीहरुमाथि...

एससीसीबारे सत्तारुढ कार्यदलले सुरु गर्यो–प्रारम्भिक छलफल

एमसीसीबारे साझा धारणा तय गर्न सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वमा गठित कार्यदलले एमसीसीबारे सत्तारुढ दलबीच समान धारणा तय...

4565