• नेकपा एमालेले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि आँच पु¥याउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह गरेको छ । एमालेले बिज्ञप्ती जारी गर्दै नेपाली भुमि कालापानीमा सडक सडक निमार्ण कार्य रोक्नु पर्ने र वार्ताको माध्यमबाट यो विषयलाई अविलम्ब टुङ्ग्याउनु पर्ने बताएको छ ।

    राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको मौनताले अनेकौं प्रश्न जन्माएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । भारतका सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग समेत एमाले गरेको छ । हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको मान सरोवरसम्म पुग्न नेपाली भूमि कालापानी हुँदै बाटो बनाइरहेको बताएका थिए ।

4565