-
नेपाली आकाशमा उड्ने विदेशी एयरलाइन्सका यात्रुले अब इन्टरनेट प्रयोग गर्न पाउने भएका छन् ।नेपाल दूरसञ्चार प्राधिकरणले नेपाली आकाशमा इन्टरनेट प्रयोग गर्न दुई कम्पनीलाई स्वीकृति दिएसँगै उक्त सुविधा सुरु भएको हो । प्राधिकरणका अनुसार सीता फर एयरक्राफ्ट र थालस नामका कम्पनीले इनटरनेट सेवा प्रयोग गर्न स्वीकृति पाएका छन् ।
‘अहिलेसम्म सीता फर एयरक्राफ्ट र थालस कम्पनीले इन्टरनेट प्रयोग गर्न स्वीकृति पाएको प्राधिकरण निर्देशक अम्बर स्थापितले भने, ‘उहाँहरुले झन्डै दुई महिनाअघि स्वीकृति पाउनु भएको हो ।’ आइसिटी समाचारले लेखेको छ ।अब यि कम्पनीहरुले विदेशी हवाइ यात्रुलाई दश हजार फिटभन्दा माथि इन्टरनेट सेवा उपलब्ध गराउने छन् । नेपाल भित्रको फ्रिक्वन्सी प्रयोग गर्ने गरी इन्टरनेट सेवा सञ्चालन गर्न प्राधिकरणले स्वीकृति गर्छ ।
प्राधिकरणले विदेशी हवाइ कम्पनीलाई दश हजार फिट माथि इन्टरनेट प्रयोग गर्न पाउने नीति ल्याएसँगै अहिलेसम्म दुई कम्पनीले मात्र निवेदन दिएका थिए । स्वीकृति पाएका दुई कम्पनीबाहेक अरुले निवेदन नदिएको स्थापितले बताए ।
आफ्ना यात्रुलाई इन्टरनेट सेवा उपलब्ध गराउन चाहने त्यस्ता कम्पनीले स्वीकृतिको लागि प्राधिकरणमा निवेदन दिनुपर्छ । आफ्ना यात्रुलाई इन्टन्टरनेट सेवा उपलब्ध गराउन चाहने हवाइ कम्पनीले इन्टरनेट सेवा प्रदायकसँग सम्झौता गरेका हुन्छन् । उनीहरुको बीचको सम्झौताअनुसार इनटरनेट सेवा उपलब्ध हुने स्थापितले बताए ।
‘एभिएसन कम्पनीले जहाजमा इन्टरनेट उपलब्ध गराउन भनेर सम्झौता गरेका हुन्छन्,’ स्थापितले भने, ‘त्यस हिसाबले उनीहरुले अनुमतिको लागि निवेदन दिने हुन् ।’यो सेवा विदेशी एयरलाइन्सले मात्र पाउने स्थापितले बताए ।प्राधिकरणले आईकाओ सम्बन्धि सन्धि तथा दूरसंचार ऐन २०५३ को व्यवस्था बमोजिम दशहजार फिट माथिको नेपाली आकाशमा विदेशी एरलाइन्सहरुले पनि दूरसंचार सेवा प्रदान गर्न २ कम्पनीलाई अनुमति दिएको हो ।
गएको फागुन २० गते प्राधिकरणको २३ औं वार्षिकोत्सवको अवसरमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले दशहजार फिट माथिको नेपाली आकाशमा विदेशी एयरलाइन्सहरुले पनि दूरसंचार सेवा प्रयोग गर्न पाउने गरी खुला गर्ने तयारी प्राधिकरणको रहेको बताएका थिए ।समाचारबाट
News Desk 0 response आइतवार, जेष्ठ ३०, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





