-
दोस्रो लहरको कोरोना भाइरसबाट संक्रमितलाई अक्सिजन आवश्यकता परिरहेको छ। पहिलो लहरको समयमा अक्सिजनको आवश्यकता परेको थिएन। अहिलेका अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता परिरहेको छ।
अक्सिजनको मात्रा घट्दै जाँदा उनीहरूमा एकाएक बेहोस हुने, स्वाश–प्रश्वासमा समस्या हुने देखिइरहेको छ। दोस्रो भेरियन्टको कोरोना भाइरसले बिरामीमा अक्सिजनको कमी देखाइरहेको छ। यस्तो अवस्थामा होम आइसोलेनसमा बसेका बिरामीले कसरी थाहा पाउने त आफूमा अक्सिजनको मात्रा कति छ भनेर ?
टेकु अस्पतालका क्लिनिकल एकाइ युनिट प्रमुख डा. शेरबहादुर पुनले अहिलेको नयाँ भेरियन्टको संक्रमणमा परेका अधिकांश बिरामीलाई अक्सिजनको कमी भइरहेको बताए। त्यस्तो अवस्थामा घरमै बसेका बिरामीले अक्सिजनको मात्रा थाहा पाउनका लागि अक्सिमिटरको प्रयोग गर्न सक्नेछन् । अक्सिमिटरको सहायतामा शरीरमा अक्सिजनको मात्रा थाहा पाउन सकिन्छ। अक्सिमिटरले लक्षण नदेखिएका बिरामीको रगतमा रहेको अक्सिजनको मात्रा परीक्षण गर्ने काम गर्ने डा. पुनको भनाइ छ।
के हो अक्सिमिटर?
एक स्वस्थ व्यक्तिमा अक्सिजनको तह ९५ देखि लिएर १०० को बीचमा हुने गर्छ। ९५ प्रतिशतभन्दा कम देखियो भने त्यो व्यक्तिमा कुनै समस्या भएको देखाउने डा. पुनको भनाइ छ। अक्सिजन सतह ९२ वा ९० सम्म झर्यो भने तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्ने डा. पुनले बताए। होम आइसोलेन तथा क्वारेन्टिनमा बसेकाहरूले अक्सिमिटरको सहायताले अक्सिजनको मात्रा जाँच गर्नु उपयुक्त हुने उनले बताए।
कुनै पनि व्यक्तिको अक्सिजन लेभल ९६ प्रतिशत देखाएको छ भने रगतमा अक्सिजनको मात्रा ४ प्रतिशतको कमी भएको देखाउने उनको भनाइ छ। रगतमा अक्सिजनको मात्रा पनि बराबर हुनुपर्ने उनले बताए। अक्सिमिटरको सहायताले हृदय र फोक्सोको कार्यलाई कुनै असर परे–नपरेको र रगतमा हुने अक्सिजनको अभाव कुन अवस्थामा छ ? भन्ने कुरा जानकारी पाउन सकिने डा. पुनको भनाइ छ।
कसरी गर्छ काम ?
यसलाई औँलामा राखेर रगतमा रहेको अक्सिजनको मात्रा परीक्षण गर्न सकिन्छ। यसले फोक्सोमा निमोनियाको मात्रा बढे–नबढेको देखाउने र थप जोखिम हुनुपूर्व नै सचेत गराउँछ।औँला बीचमा राख्दा यसभित्र एक किसिमको बत्ती बल्छ। यसले रक्तकोषको रङ र त्यसको हलचललाई देखाउँछ। त्यही आधारमा अक्सिमिटरले अक्सिजनको अवस्था देखाउने डा. पुनको भनाइ छ।
अक्सिमिटरको माग बढ्यो
अहिले यसको माग ह्वात्तै बढेको छ। विशेषगरी होम आइसोलेनसमा बसेकाहरू अक्सिमिटर किन्न आउने गरेको औषधि पसल सञ्चालक बताउँछन्। माग बढेसँगै कालोबजारीसमेत बढेको छ। फार्मेसी सञ्चालकहरूले फरक–फरक मूल्यमा अक्सिमिटर बेच्न थालेका छन्।त्यस्तै, अनलाइन बजारले ६ सयदेखि पाँच हजारसम्मका अक्सिमिटिर बिक्रीमा राखेका छन्।
News Desk 0 response शनिबार, बैशाख २५, २०७८
-
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३
-
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३





