• नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएयता हालसम्म तीन करोड ९२ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म तीन करोड ९२ लाख २३ हजार ९४१ मात्रा खोप लगाइसकेको हो ।

    मन्त्रालयका अनुसार हालसम्म एक करोड ८६ लाख ९५ हजार ८ सय २६ जनाले एक मात्रा र एक करोड ८६ लाख ९८ हजार ५ सय ९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन । त्यसैगरी, १८ लाख २९ हजार ५ सय २० जनाले अतिरिक्त मात्रा खोप लगाएका छन

    । हालसम्म कुल जनसंख्याको ७५ प्रतिशत अर्थात दुई करोड १८ लाख ९२ हजार ४३६ जनाले एक मात्रा खोप पाएका छन । त्यसैगरी, ६४ दशमलब १ प्रतिशत अर्थात एक करोड ८६ लाख ९८ हजार ५९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन । सरकारले वैशाख मसान्तसम्म १२ वर्षमाथीका सबै लक्षित जनसंख्यालाई खोप लगाउने तयारी गरेको छ । नेपालले अहिलेसमम विभिन माध्यमबाट भेरोसेल, कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना,फाइजर र जोन्सन एण्ड जोन्सन गरी चार करोड ७८ लाख ८२ हजार आठ सयमात्रा खोप भित्रिएको छ ।

4565