-
सरकारले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप पनि समावेश गर्ने घोषणा गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको एक कार्यक्रमम सो अभियानको घोषणा गरिएको जनाएको हो । राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमको रुपमा लिइएको छ ।
हाल यो कार्यक्रममार्फत १२ वटा एन्टिजेनसमेत समावेश गरी नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको बिरामी दर, अपाङ्गता र शिशु तथा बाल मृत्युदरसमेतमा उल्लेख्य कमी आउन सकेको सो अवसरमा जानकारी दिइयो ।
नेपालमा अझैपनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिमी रहनाका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँचभित्र रहेको देखिएको छ । यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने जनाइएको छ ।
कार्यक्रममा मन्त्रालयका सचिव रोशन पोखरेलले यस अभियानको व्यवस्थित र प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि सबै पक्षसँग आग्रह गरे। परिवारकल्याण महाशाखाका निर्देशक डा विवेहकुमारलाल, विश्व स्वास्थ्य सङ्गठनका विनोद बुरालगायतले पनि टाइफाइड खोपको आवश्यकता र अभियानका बारेमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
News Desk 0 response बिहिबार, चैत्र १७, २०७८
सम्बन्धित शीर्षकहरु
चितवनका आठ ठाउँमा एकै पटक देखियो बर्डफ्लू
शुक्रबार, चैत्र १८, २०७८अब लक्षित बिरामीलाई सरकारले उपचार खर्च उपलब्द गराइने
शुक्रबार, चैत्र १८, २०७८नेपालमा कोरोनाविरुद्धको खोप तीन करोड ९२ लाखभन्दा बढी मात्रा लगाइयो
आइतवार, चैत्र ६, २०७८कोरोना अपडेट :नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि
शनिबार, चैत्र ५, २०७८-
कर्पाेरेट क्रिकेट प्रतियोगितामा हिमालयन बैंकले उपाधि जित्न सफल
सोमवार, अशोज २२, २०८० -
कैलालीको अत्तरियामा तनाव
शनिबार, चैत्र १९, २०७८ -
सावधान : बजारमा फर्मालिन प्रयोग भएका माछा
शनिबार, चैत्र १९, २०७८ -
तेल भर्न उपत्यकाका पम्पहरुमा लामो लाइन, अभाव हुने त्रास फैलियो
शनिबार, चैत्र १९, २०७८ -
नेपाल र भारतका प्रधामन्त्रीद्वारा रेल सेवाको उद्घाटनसँगै रेल आइपुग्यो जनकपुर
शनिबार, चैत्र १९, २०७८
-
सीमा सुरक्षामा मोदीको चासो
शनिबार, चैत्र १९, २०७८ -
नेपाल र भारतबीचको सीमा विवादको बिषयलाई राजनीतिकरण गर्न नहुने भारतको प्रतिक्रिया
शनिबार, चैत्र १९, २०७८ -
जनकपुर जयनगर रेल सेवा पूर्णरुपमा सुचारु भएसंगै जनप्रतिनिधि र स्थानीयवासी खुशी
शनिबार, चैत्र १९, २०७८ -
महाकाली सन्धिको अढाइ दशकपछि पञ्चेश्वरलाई गति दिन नेपाल र भारत सहमत
शनिबार, चैत्र १९, २०७८