-
सरकारले मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यानसर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधी उपचार खर्च प्रदान गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षित बिरामीलाई मासिक ५ हजार भत्ता दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामो समय सम्म औषधी उपचार गर्नु पर्ने विशेष खालका बिरामीलाई औषधी उपचार खर्च उपलब्ध गर्ने भएको छ । मन्त्रालयले डाइलासिस गराइरहेका, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधी उपचार बापत खर्च उपलब्ध गराने कार्यविधि २०७८ परित गरेसंगै बिरामीले भत्ता पाउने भएका छन् ।मन्त्रालयका अनुसार मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका, क्यान्सर रोग पहिचान भई उपचारपछि निको भईसकेका व्यक्ति बाहेकका क्यान्सर रोगी क्यान्सर पहिचान भई उपचारपछि निको भईसकेका तर चिकित्सकले तीन–तीन महिना भित्र निरन्तर निगरानीमा राखेका व्यक्ति र मेरूदण्ड पक्षाघात भएका गरिब तथा विपन्न व्यक्तिले मासिक ५ हजार भत्ता पाउने जनाएको छ ।
परित कार्यविधि अनुसार लक्षित बिरामीले औषधि उपचार बापत खर्च पाउनका लागि राष्ट्रिय परिचय पत्र नम्बर वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपी, चिकित्सकको सिफारिस, मेरूदण्ड पक्षघातको हकमा अपाङ्गता सम्बन्धी प्राप्त गरेको रातो वा नीलो कार्डको प्रतिलिपि सहित सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा निवेदन दिनु पर्ने जनाएको छ ।
कार्यविधिका अनुसार सरकार वा सरकारको पूर्ण वा अधिकांश स्वामित्तवमा भएका संस्था वा संगठन संस्थाबाट रोजगारी÷निवित्तिभरण वा बिदेशी सरकारबाट रोजगारी÷पेन्सन प्राप्त गरिरहेको ब्यक्ति रहको अवस्थमा भने मासिक विक्ति उपलब्ध हुने छैन । त्यसगरी नेपाल सरकारबाट उपलब्ध गराईदै आएको ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडीएको भत्ता, अपांग भत्ता लगायत नेपाल सरकारबाट साबिकमा पाइरहेको सामाजिक सुरक्षा भत्ता वा यस निर्देशिका बमोजिम उपलब्ध गराएका मध्ये कुनै एक किसिमको भत्ता वा मासिक वृत्ति मात्र प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी यसै कार्यविधिमा उल्लेखित एकभन्दा बढी रोग लागेका व्यक्तिले दोहोरो रुपमा भक्ता नपाइने उल्लेख गरिएको छ ।
News Desk 0 response शुक्रबार, चैत्र १८, २०७८
-
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३

इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३