-
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बैशाख महिना भित्रै विद्युत उत्पादन शुरु गर्ने भएको छ । संसदको अर्थ समितिको आइतबारको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बैशाख महिना भित्रै पहिलो युनिटबाट विद्युत उत्पादन शुरु हुने जानकारी गराए । पहिलो युनिटबाट बैशाख भित्रै ७६ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम तिब्र पारिएको जानकारी गराउदै उनले जेठ, असार, साउन र भदौ महिनामा क्रमशः उत्पादन थप्दै ४ सय ५६ मेगावाट पु¥याइने बताए ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बैशाख २० गते पहिलो युनिट घुमाउने तालिका रहेको भए पनि एक दुई दिन अगाडि नै घुमाउन सक्ने सम्भावना भएको र त्यसको १४ दिन पछि विद्युत उत्पादन शुरु हुँदा बैशाख ३१ गते सम्भव हुने बताए । पहिलो युनिट आइसके पछाडी असार मसान्त सम्म चारवटा युनिट आउँछ र साउन मसान्त सम्ममा बाँकी २ वटा युनिट गरेर ६ वटा युनिट आउने अवस्था रहेको उनको भनाई थियो ।
आयोजनाको काममा ढिलाई भएको भन्ने भएपछि आफू एक दुई दिन अघि मात्रै आयोजना स्थलको अनुगमनमा पुगेको बताउँदै कार्यकारी निर्देशक शाक्यले यही गतिमा काम भएमा समयमै आयोजना सम्पन्न हुने दाबी गरे ।
News Desk 0 response आइतवार, बैशाख ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
इटहरीमा पर्यटन प्रवर्द्धनबारे अन्तरक्रिया, होमस्टे र स्थानीय संस्कृतिमा जोड
शुक्रबार, असार ५, २०८३ -
महिला उद्यमशीलता बढाउँदै सेभ द अर्थ, रामधुनीमा उत्पादन प्रदर्शनी