-
इटहरी । पूर्वी नेपालको पर्यटन क्षेत्रको सम्भावना, चुनौती र प्रवद्र्धनका उपायबारे व्यापक छलफल गर्दै इटहरीमा पर्यटनकर्मी तथा व्यवसायीहरूको महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजनामा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालका प्रतिनिधिहरु लाई स्वागत गर्दै पर्यटन विकासका विभिन्न विषयमा छलफल गरिएको हो।
इटहरीस्थित होटल त्रियुगाको सभाहलमा आयोजित कार्यक्रममा गन्तव्य परिचयात्मक भ्रमणका क्रममा कोशी प्रदेश आएका गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालका पदाधिकारी, पर्यटन व्यवसायी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पर्यटन पूर्वाधार विकास, स्थानीय संस्कृति संरक्षण, होमस्टे प्रवद्र्धन तथा आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्ने रणनीतिका विषयमा विचार आदानप्रदान गरिएको थियो।

कार्यक्रममा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले इटहरी र आसपासका क्षेत्र पर्यटन विकासका दृष्टिले अत्यन्त सम्भावनायुक्त रहेको बताए। उनले चौधरी (थारु) समुदायको ऐतिहासिक बसोबास रहेको यस क्षेत्रमा थारु संस्कृति, परम्परा र जीवनशैलीलाई केन्द्रमा राखेर होमस्टे सञ्चालन गर्न सकिने उल्लेख गरे। स्थानीय पालिकासँग समन्वय गरी यस्ता कार्यक्रम अघि बढाउन सके स्थानीय रोजगारी सिर्जना हुनुका साथै पर्यटन प्रवद्र्धनमा समेत उल्लेखनीय योगदान पुग्ने बताए ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालका अध्यक्ष हरिशरण थपलियाले होटल व्यवसाय र होमस्टेबीच प्रतिस्पर्धा नभई सहअस्तित्वको सम्बन्ध रहेको बताए। पर्यटकको संख्या वृद्धि भएसँगै आवास व्यवस्थापनका लागि होटल र होमस्टे दुवै आवश्यक पर्ने उनको धारणा थियो। उनले कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार तथा विकासका लागि मञ्च र स्थानीय पर्यटन व्यवसायीबीच सहकार्यलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

मञ्चका प्रमुख सल्लाहकार आलोक प्रसाईले नेपाल र भारतबीच पर्यटन आदानप्रदान विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। भारतको सिक्किम, दार्जिलिङ लगायतका क्षेत्रका पर्यटन व्यवसायीसँग निरन्तर समन्वय भइरहेको जानकारी दिँदै उनले भारतीय पर्यटकलाई नेपालका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक गन्तव्यतर्फ आकर्षित गर्न सकिने बताए। यसबाट होटल, होमस्टे, यातायात तथा अन्य पर्यटनसँग सम्बन्धित व्यवसायले प्रत्यक्ष लाभ हुने बताए ।
कार्यक्रममा होटल तथा लज व्यवसायी समितिका अध्यक्ष दीपक पोखरेल, जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष केशव गिरी, महासचिव कृष्ण पराजुली, सचिव माधव दाहाल लगायत पर्यटन क्षेत्रसँग आबद्ध व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
News Desk 0 response शुक्रबार, असार ५, २०८३
सम्बन्धित शीर्षकहरु
-
महिला उद्यमशीलता बढाउँदै सेभ द अर्थ, रामधुनीमा उत्पादन प्रदर्शनी
शुक्रबार, असार ५, २०८३ -
इटहरीमा पर्यटन प्रवर्द्धनबारे अन्तरक्रिया, होमस्टे र स्थानीय संस्कृतिमा जोड
शुक्रबार, असार ५, २०८३ -
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३

सोमवार, असार १, २०८३ -

शुक्रबार, असार ५, २०८३