-
उद्योग वाणिज्य संघ इटहरी निर्वाचन–२०८३
इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आगामी निर्वाचन–२०८३ मा अध्यक्ष पदका उम्मेदवार बनेका नवराज काफ्ले यतिबेला व्यवसायी समुदायका साझा उम्मेदवारका रूपमा चर्चामा छन्। “व्यावसायिक समृद्धिका सूत्रधार, आजको भरोसा भोलिको आधार” भन्ने नारासहित मैदानमा उत्रिएका काफ्लेले व्यवसायी हित, डिजिटल सेवा, लगानीमैत्री वातावरण र चलायमान बजार व्यवस्थापनलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्।
इटहरीको व्यापारिक इतिहाससँग गहिरो सम्बन्ध रहेको काफ्ले परिवारका सदस्य नवराज काफ्लेले तीन दशकभन्दा बढी समय व्यवसाय क्षेत्रमा बिताएका छन्। उद्योग वाणिज्य संघ इटहरीमा लगातार तीन कार्यकाल निर्वाचित सदस्य रहिसकेका काफ्लेले संघको भवन निर्माण समितिको कोषाध्यक्षका रूपमा सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्दै संस्थागत विकासमा महत्वपूर्ण योगदान दिएका छन्।
सुनसरीको प्रकाशपुरमा जन्मिए पनि बाल्यकालदेखि नै इटहरीमा हुर्किएका काफ्लेले आफ्ना पिता स्वर्गीय जीवनाथ काफ्लेको प्रेरणाबाट व्यवसायिक यात्राको सुरुवात गरेका थिए। “जागिर खाने होइन, जागिर दिने मान्छे बन्नु” भन्ने बुबाको सन्देशलाई जीवनको मूलमन्त्र बनाएका उनले विदेश जाने सपना त्यागेर व्यवसायमा होमिने निर्णय गरेका थिए।
इट्टा उद्योगबाट सुरु भएको उनको यात्रा होटल, कृषि, पशुपालन तथा व्यापारिक क्षेत्रमा विस्तार भयो। इटहरीस्थित पशुपति होटल, पशुपति लाइभस्टक एन्ड कृषि फार्म तथा पशुपति ट्रेड एन्ड सप्लायर्समार्फत उनले सयौं व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गरेका छन्।
व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका काफ्ले नेपाल रेडक्रस सोसाइटी इटहरीका यशस्कर सदस्य हुन्। लियो क्लब अफ इटहरी सुनसरी र लायन्स क्लब अफ इटहरी सिटीको अध्यक्षता गरिसकेका उनले विभिन्न सामाजिक तथा मानवीय अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।

अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै काफ्लेले उद्योग वाणिज्य संघलाई समयअनुकूल, प्रविधिमैत्री र व्यवसायीमैत्री संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार व्यवसायीहरूले घरमै बसेर मोबाइल एपमार्फत सदस्यता नवीकरण गर्न सक्ने व्यवस्था, बैंकिङ तथा करसम्बन्धी समस्या समाधानका लागि पहल, लगानीमैत्री वातावरण निर्माण, स्टार्टअप व्यवसायलाई प्रोत्साहन तथा व्यवसायीको आवाजलाई प्रभावकारी रूपमा उठाउने योजना रहेका छन्।
इटहरीको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन रात्रिकालीन बजार सञ्चालनको अवधारणालाई पनि उनले प्राथमिकतामा राखेका छन्। “इटहरी साँझमै सुत्ने शहर होइन, आर्थिक गतिविधि रातिसम्म चल्ने व्यापारिक केन्द्र बन्नुपर्छ,” काफ्ले भन्छन्। व्यवसायी र स्थानीय सरकारबीच टकराव होइन, सहकार्य र समन्वय आवश्यक रहेको उनको धारणा छ।
घरबहाल कर, बजार व्यवस्थापन, व्यवसायीको सुरक्षा, नीतिगत सुधार तथा लगानी संरक्षणका विषयलाई प्रमुख एजेन्डा बनाएका काफ्लेले उद्योग वाणिज्य संघलाई केवल प्रमाणपत्र वितरण गर्ने संस्था नभई व्यवसायीको अधिकार र हितको बलियो आवाज बनाउने लक्ष्य लिएका छन्।
पिता जीवनाथ काफ्लेको सामाजिक योगदान, परिवारको विश्वास र आफ्नै तीन दशक लामो संघर्षलाई साथ लिएर चुनावी मैदानमा उत्रिएका नवराज काफ्ले इटहरीलाई आधुनिक, डिजिटल र व्यापारमैत्री सहर बनाउने सपना बोकेका छन्। यही अनुभव, प्रतिबद्धता र स्पष्ट योजनाका कारण उनी अहिले उद्योगी–व्यवसायीमाझ भरोसाका उम्मेदवारका रूपमा स्थापित हुँदै गएका छन्।
News Desk 0 response सोमवार, असार ८, २०८३
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
इटहरीमा पर्यटन प्रवर्द्धनबारे अन्तरक्रिया, होमस्टे र स्थानीय संस्कृतिमा जोड
शुक्रबार, असार ५, २०८३ -
महिला उद्यमशीलता बढाउँदै सेभ द अर्थ, रामधुनीमा उत्पादन प्रदर्शनी
शुक्रबार, असार ५, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३





