-
इटहरी । महिला उद्यमीहरूलाई बजार पहुँच उत्पादन प्रवद्र्धन तथा व्यवसाय विस्तार सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले इटहरीमा बजार पहुँच तथा बजार विश्लेषण” सम्बन्धी पाँच दिने तालिम सुरु भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, ललितपुरको आयोजना तथा उद्योग वाणिज्य संघ इटहरीको सह आयोजनामा सुरु भएको तालिम संघको सभाहलमा सञ्चालन भइरहेको छ ।
तालिममा सुनसरीका विभिन्न स्थानमा घरेलु तथा साना उद्योग सञ्चालन गर्दै आएका महिला उद्यमीहरूको उल्लेखनीय सहभागिता रहेको छ ।
तालिम उद्घाटन कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत गोकुल ओस्तीले नेपालका रैथाने सीप, स्थानीय उत्पादन तथा परम्परागत वस्तुहरूलाई आधुनिक बजारको मागअनुसार उत्पादन, लेबलिङ, प्याकेजिङ र ब्राण्डिङ गर्न सके अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सकिने बताए । उनले स्थानीय उत्पादनको गुणस्तर सुधार गर्दै प्रभावकारी मार्केटिङ रणनीति अपनाउन सके स्वदेशी उत्पादनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा राम्रो सम्भावना बोकेको उल्लेख गरे ।
उनले आन्तरिक बजारमा व्यापक प्रचार–प्रसार, डिजिटल माध्यमको प्रयोग तथा उपभोक्ताको मागअनुसार उत्पादन व्यवस्थापन गर्न सके महिला उद्यमीहरूको व्यवसाय थप सशक्त बन्ने धारणा राख्नुभयो ।
बजारको आवश्यकता, ग्राहकको रुचि, प्रतिस्पर्धा र बजार व्यवस्थापनबारे स्पष्ट ज्ञान हुन आवश्यक रहेको बताए ।
News Desk 0 response आइतवार, जेष्ठ १०, २०८३
कार्यक्रममा संघका अध्यक्ष जिवन पराजुलीले यस क्षेत्रका महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीले पर्याप्त बजार नपाउने, बिक्री वितरणमा समस्या भोग्नुपर्ने तथा लेबलिङ र प्याकेजिङसम्बन्धी जानकारीको अभाव रहेको अवस्थामा नेपाल सरकारबाट पहिलो पटक यस्तो महत्वपूर्ण तालिम आयोजना गरिएको बताए । उनले तालिमबाट महिला उद्यमीहरूलाई व्यवसाय विस्तार, उत्पादन प्रवद्र्धन तथा आत्मनिर्भर बन्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
पाँच दिनसम्म सञ्चालन हुने तालिममा केन्द्रका उपनिर्देशक तथा प्रमुख प्रशिक्षक राजेन्द्र सिंह र वरिष्ठ अधिकृत ओस्तीले बजार विश्लेषण, बजार पहुँच विस्तार, डिजिटल मार्केटिङ, उपभोक्ता व्यवहार, उत्पादन प्रवद्र्धन, प्याकेजिङ तथा ब्राण्डिङ लगायतका विषयमा सहजीकरण गर्ने जनाइएको छ ।
उद्घाटन कार्यक्रममा संघकी वाणिज्य उपाध्यक्ष शोभा कोइराला, महासचिव विनोद पौडेल, सचिव सिनेट रिजाल, सदस्य मिना ढकाल लगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३

सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -