-
मनाङ मस्र्याङ्दी क्लब काठमाडौँले यहाँ सञ्चालित दमक गोल्डकपको उपाधि हात पारेको छ । आज भएको उपाधि खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै मनाङले उपाधि प्राप्त गरेको हो । जितका लागि मनाङका विदेशी खेलाडी अफिज ओलावलले र शिशिर लेखीले गोल गर्नुभएको थियो ।
दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलको ५९औँ मिनेटमा ओलावललेले मनाङका लागि पहिलो गोल गरे भने ६७औँ मिनेटमा लेखीले अग्रतालाई दोब्बर बनाउँदै मनाङको जित निश्चित गरे । जितसँगै मनाङले रु १३ लाख ११ हजार हात पारेको छ भने उपविजेता बनेको पुलिसले रु छ लाख ११ हजारमा चित्त बुझाएको छ । फाइनल खेलको म्यान अफ दि म्याच विजयी टोलीका मौसा भए । उनले नगद रु १० हजार हात पारे ।
दमक नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा मनाङका विशाल सुनार, उत्कृष्ट डिफेन्डर नेपाल पुलिस क्लबका अञ्जान राई, उत्कृष्ट मिडफिल्डर मनाङका शिशिर लेखी, उत्कृष्ट फरर्वाड पुलिसका नीरकुमार राई, उत्कृष्ट गोलकर्ता मनाङका अफिज ओलावलले र उत्कृष्ट प्रशिक्षक मनाङका राजेन्द्र तामाङ घोषित भए । उनीहरूले जनही रु २१ हजार प्राप्त गरे । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मनाङका पुजन उपरकोटी घोषित भए । उने टीभीएस कम्पनीको मोटरसाइकल प्राप्त गरे भने उदीयमान खेलाडीका रूपमा आयोजक दमक–११ का राहुल लिम्बु घोषित भए । उनले पनि माउन्टेनबाइक उपहार प्राप्त गरे ।
यसैगरी आयोजक दमक नगर खेलकुद विकास समितिले चन्द्रकुमार गिरीलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट पुरस्कृत गरेको छ । उनी आयोजक दमक–११ प्रशिक्षक पनि हुन् । उनले यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरेका छन् । गत चैत ९ गते सञ्चालन भएको उक्त प्रतियोगिता चार विदेशीसहित आठ वटा टिमको सहभागिता थियो । प्रदेश १ कै सर्वाधिक राशि रहेको उक्त गोल्डकपको यस प्रतियोगिता दोस्रो संस्करण भएको जनाइएको छ ।
News Desk 0 response शुक्रबार, चैत्र १८, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३

बिहिबार, साउन २८, २०८३