• काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को चर्चित टोली सुदूरपश्चिम रोयल्स र सुबिसु लिमिटेडबीच आगामी सिजनका लागि सहकार्य भएको छ। सम्झौतासँगै सुबिसु सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ।
    सहकार्यअन्तर्गत टोलीको डिजिटल कनेक्टिभिटी तथा इन्टरनेटसम्बन्धी आवश्यकतामा सुबिसुले साझेदारी गर्नेछ। खेलकुदसँग प्रविधि र डिजिटल कनेक्टिभिटीलाई जोड्दै नेपाली क्रिकेटको विकासमा योगदान पु¥याउने उद्देश्यले सहकार्य गरिएको सुबिसुले जनाएको छ।
    सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदले खेलकुदको उत्साहसँगै भरपर्दो र गुणस्तरीय इन्टरनेट अनुभवलाई जोड्ने लक्ष्यसहित साझेदारी गरिएको बताए। उनले नेपाली क्रिकेटको विकास र प्रवद्र्धनमा सुबिसुको प्रतिबद्धता निरन्तर रहने उल्लेख गरे।
    त्यस्तै, सुबिसुका अध्यक्ष सुरेन्द्रबहादुर श्रेष्ठले एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याइरहेको बताउँदै सुदूरपश्चिम रोयल्ससँगको सहकार्य खेलकुदप्रतिको निरन्तर प्रतिबद्धताको हिस्सा भएको बताए।
    सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सुबिसुसँगको सहकार्यले टोलीको व्यावसायिक तथा डिजिटल पक्षलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। प्रविधि र डिजिटल कनेक्टिभिटीले समर्थक र टोलीबीचको सम्बन्ध अझ नजिक बनाउन सहयोग पुग्ने उनको भनाइ छ।
    आगामी एनपीएल सिजनका लागि सुदूरपश्चिम रोयल्सले टोली निर्माणलाई तीव्रता दिएको छ। टोलीले इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई पहिलो विदेशी खेलाडीका रूपमा पुनः अनुबन्ध गरिसकेको छ।
4565