-
तीन दशक भन्दा बढी राप्रपको नेतृत्वमा रहेका कमल थापाले पार्टी परित्याग गर्दा राप्रपालाई ठुलो क्षति पुग्ने अनुमान गरिएकोमा उनको साथमा उभिने पधादिकारी देखिएका छैनन् । थापा एजेण्डाबाट विमुख भएकोले उनको साथमा नउभिने उनी पक्षिय पदाधिकारीले बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले मंगलबार आफु पार्टीमा नरहेको बताए । उनले आफु पार्टीमा नरहेको बताएसँगै राप्रपामा नया तरंग छाएको छ । राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि असन्तुष्ट रहेका थापाले दरवारको नाङगो हस्तक्षेप रहेको भन्दै असन्तुष्टि पोख्दै आएका थिए । हार पछि छानविनको माग राख्दै आएका थापाले राजसंस्थाको पक्षमा वकालत नगर्ने समेत बताउदै आएका थिए । २०७६ मा राप्रपा र राप्रपा प्रजातान्त्रिक एकीकरण हुदा गिता छोएर पार्टी नफुटाउने बचन थापले महाधिवेशनमा पराजित भएको तीन महिना नै पुग्न नपाउदै पार्टीबाट आफु अलग भएको बताएका छन् ।
राप्रपा महाधिवेशनबाट पदाधिकारी र केन्द्रिय समितिमा उनको पक्षले बहुमतमा सख्यामा बिजयी भएको थियो । उनले पार्टी छोडेसँगै उनका पक्षका पदाधिकारीहरुले उनको साथ दिने आकलन सुरु भएको थियो । तर, कुनै सरसल्लाह र एजेण्डा विहिन रुपमा थापाले पार्टी छाडेकाले उनलाई साथ नदिने पक्षमा उनी पक्षीय पदाधिकारी उभिएका छन्् ।
थापा पार्टीबाट अलग हुदा पार्टीमा केहि क्षेति हुनेभएपनि सबैमिलेर अघिबढ्ने महामन्त्री राजेन्द्र गुरुङले बताए ।
स्थानिय चुनाव नजिकिदै गर्दा थापाले पार्टी परित्याग गर्दा पार्टीलाई ठुुलो क्षति गर्ने आकलन हुदा राप्रपामा रहदा उनको पक्षमा रहेकाहरु समेत उनलाई साथ नदिने भएका छन् ।
राजसंस्था र हिन्दुराष्ट्र प्रमुख एजेण्डा मान्दै आएका थापाले पार्टी परित्याग गरेर नयाँ पार्टी खोल्ने तयारीमा लागि रहदा अब उनको एजेण्डा र बाटो के हुन्छ र उनको जनमत कस्तो रहला भन्ने जिज्ञासा धेरैको देखिएको छ । प
News Desk 0 response बिहिबार, माघ २७, २०७८
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३





