-
विहिबारबाट बागमती प्रदेशको राजधानी हेटौंडामा सूरु भएको स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकप तेस्रो संस्करणको दोस्रो खेलमा त्रिभुवन आर्मीले विजयी सुरुवात गरेको छ ।
‘ए’ डिभिजन टिम जावालाखेल युथ क्लबलाई टाईब्रेकरमा हराउँदै आर्मीले सेमिफाइनल यात्रा पक्का गरेको छ । खेलको निधार्रित समयमा गोलरहित बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रकेरमा आर्मीका गोलरक्षक विश्वास चौधरीले जावलाखेलको दुई प्रहार रोकेपछि खेलको नतिजा आर्मीको पक्षमा आएको हो । म्यान अफ दी म्याच बनेको चौधरीले जावलाखेलका विदेशी खेलाडी विडेल लुईज र राजेन्द्र रावलको प्रहार रोकेका थिए ।
जावलाखेलको लागि विदेशी खेलाडी फोडे फफना र रुपबहादुर लामाले गोल गरेका थिए । यस्तै आर्मीको लागि टाईब्रेकरमा टंक बस्नेत, दिपक गुरुङ, विकास तामाङ र सेसेहाङ आङदेम्बेले गोल गरेका थिए । भोली सनिवार खेलमा नेपाल पुलिस र संकटा क्लब भिड्ने भएका छन् ।
खेल पछि प्रतिक्रिया दिँदै जावालखेलको प्रशिक्षक किशोर केसीले करिब एक वर्ष पछि टोली मैदानमा आएता पनि उत्कष्ट पुनरागमन गरेको बताए । उनले आर्मीसँग राम्रो प्रतिस्पर्धा गरेपनि टाईब्रेकरमा हार्नु दुर्भाग्य भएको बताए । यस्तै आर्मीका प्रशिक्षक चुनबहादुर थापाले राष्ट्रिय टिमबाट खेल्ने खेलाडीहरुको अभाव भएता पनि प्रतियोगितामा उत्कृष्ट लय समातेको बताएका छन् । फिनिसिङको कमजोरी स्विकार्दै थापाले आगामी खेलमा घाईते भएका केहि खेलाडी ठिक हुँदा टिम थप शसक्त हुने बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख पाउनेछ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी बुलेट बाईक प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीको लागि नेपालमा गरिएको प्रतियोगिताहरुमा सबैभन्दा ठुलो राशीको पुरस्कार रुपमा बुलेट बाईक भएको आयोजकले दाबी गरेको छ ।
चैत्र ७ गते सम्म चल्ने प्रतियोगितामा गितामा लिग च्याम्पियन मछिन्द्र सहित ए डिभिजनका ६ वटा क्लब, एक विदेशी (अफ्रिकन रुटुस एशोसिएसन ढुवल क्यामरुन), साविक विजेता मकवानपुर–११ र दुई मोफसलका टोलीले सहभागिता जनाएको छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन २८, २०७७
सम्बन्धित शीर्षकहरु
-
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३ -
लेडी जेसीजको सक्रियता: माया घरमा स्वास्थ्य शिविर
सोमवार, बैशाख १४, २०८३ -
मनोसामाजिक सहयोग सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम सम्पन्न
शनिबार, बैशाख १२, २०८३

बिहिबार, बैशाख १७, २०८३