-
पाकिस्तानको पर्यटकीय क्षेत्र मरी र पंजाब प्रान्तको आसपास भएको भारी हिमपातका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । हिमपातका कारण सडकमा गाडीहरु जाम भएर लाइन लागेको छ । हजारौं मानिसहरुले चिसो सडकमै रात बिताउनु परेको छ । अहिले यस क्षेत्रमा पर्यटकहरु आउन प्रतिबन्ध लगाइएको छ ।
सरकारले इस्लामाबाद–मरी राष्ट्रिय राजमार्गलाई बन्द गरिदिएको छ र मरी तथा आसपासका जिल्लामा संकटकालीन अवस्था लागू गरेको छ । राहत र उद्धार कार्यमा प्रशासनको सहयोगको लागि सेना र अर्धसैनिक बलको सहयोग लिइएको छ । सडकमा फसेका हजारौँ गाडीहरुलाई निकाल्ने प्रयास भइरहेको पाकिस्तानका गृहमन्त्री शेख राशिदले बताएका छन् ।
उनका अनुसार अहिले केवल खाद्यान्न र राहत कार्यको लागि आवश्यक सामान लैजाने गाडीहरुलाई मात्र त्यहाँ जाने अनुमति दिइएको छ । त्यहाँ फसेका मानिसहरुले गाडीभित्रै रात बिताउनु परेको छ जसका कारण कठ्यांग्रिएर मृत्यु भइरहेको बताइएको छ । अहिले पनि हिमपात भइरहेको र उद्धार कार्य अत्यन्तै कठिन भएकोले यहाँ मृत्यु हुनेहरुको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।
News Desk 0 response शनिबार, पुस २४, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३