-
इजरायली सरकारले महाविर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई उच्च प्रविधिको ल्याब सहयोग गरेको छ । बिहीवार आविष्कार केन्द्रमा पुगेर नेपालका लागि इजरायली राजदूत हनान गोडेरले आविष्कार केन्द्रका प्रमुख महाविर पुनलाई ल्याब हस्तान्तरण गरे ।
ल्याबमा बसेर विश्वका विभिन्न देशका विज्ञ तथा वैज्ञानिकहरु सँग पछिल्लो समय विज्ञान र प्रविधिको क्षेत्रमा भएको प्रगतिहरुको सम्बन्धमा छलफल गर्न सकिने जनाइएको छ । ‘हाईटेक क्लास रुम’ को नाम दिइएको ल्याबमा बसेर एक अर्काको ज्ञान तथा सिप आदान प्रदान गर्न सकिने आविष्कार केन्द्रका प्रमुख महाविर पुनले बताए । सो ल्याबलाई विश्वमा छिटोभन्दा छिटो विकास भइरहेको प्रविधिहरुका बारेमा सर्वसाधारणलाई जानकारी दिनका लागि प्रयोग गरिने उनले बताए ।
हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालका लागि इजरायली राजदूत हनान गोडेरले मानिसहरुको जीवन पद्धतीलाई परिवर्तन गर्न विज्ञान र प्रविधीमा भएका परिवर्तनहरुको अध्ययन आवश्यक रहेको बताए । इजरायलले नेपालमा प्रविधिसहितको ल्याबको लागि सहकार्य गर्न पाएकोमा उनले खुशी व्यक्त गरे ।
सो ल्याबमा २० जनाको क्षमता रहेको आविष्कार केन्द्रले जनाएको छ । हाल ३० लाख रुपैयाँ बराबरको प्रविधि राखिएको र लागत अझै बढ्ने बताइएको छ ।
News Desk 0 response बिहिबार, पुस २२, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३