• फिलिपिन्समा आएको राई नामक आँधीका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । आँधीमा धेरै जना हराइरहेकोले मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । आँधी प्रभावित सियारगाओ र सुरिगाओ क्षेत्रमा सञ्चार बन्द हुँदा उद्वारमा कठिनाइ भएको छ । खोज तथा उद्दारका लागि १८ हजार सुरक्षाकर्मी र आपतकालिन कर्मचारीहरु परिचालन गरिएको छ ।

    एक सय ९५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले मध्य तथा दक्षिणपूर्वी टापुहरुमा ठूलो क्षति पु¥याएको छ । आँधीले रुखहरु भाँचिनुका साथै थुप्रै भौतिक संरचनामा क्षति पु¥याएको छ । आँधीपछि करिब ३० लाख मानिसको घरमा विद्युत आपूर्ति रोकिएको छ । राई नामक आँधीलाई यो बर्षकै सबैभन्दा शक्तिशाली मानिएको छ । आँधी अहिले पश्चिमी क्षेत्र हुँदै चीनतर्फ अघि बढेको छ । फिलिपिन्समा हरेक वर्ष औषतमा २० वटा आँधी आउने गर्दछन ।

4565