-
राजधानीमा जारी मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ ।
मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो । मुलपानी क्रिकेट मैदानमा आर्मीले दिएको ८८ रनको लक्ष्य पुलिसले १८ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ३० ओभर १ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो । जितसँगै पुलिसले ३ खेलमा ४ अंक जोडेको छ । आर्मीको यो दोस्रो हार हो । आर्मीले ३ खेलमा २ अंक जोडेको छ ।
यस्तै मंगलबार नै भएको अर्को खेलमा बागमती प्रदेशले पहिलो जित निकालेको छ । विभागीय टिम एपीएफ क्लबलाई २७ रनले पराजित गर्दै बागमतीले पहिलो जित निकालेको हो । टियु क्रिकेट मैदानमा बागमतीले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको एपीएफले ४४ ओभर ५ बलमा अलआउट हुँदै २ सय ६ बनाउन सक्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभर खेल्दै ६ विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो ।
जितसँगै बागमतीले ३ खेलमा २ अंक जोडेको छ । एपीएफको यो पहिलो हार हो । एपीएफले ३ खेलमा ४ अंक जोडेको छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन २५, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३