-
विभिन्न मुलुकका विदेशी विद्यार्थीहरुले बुधवारदेखि अस्ट्रेलिया प्रवेश गर्न पाउने भएका छन् । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण १५ दिनका लागि लागू गरेको प्रतिबन्ध हटाएपछि भोलिदेखि विदेशी विदार्थीहरु अस्ट्रेलिया छिर्न पाउने भएका हुन् ।
स्वास्थ्य मन्त्री ग्रेग हन्टका अनुशार यो प्रतिबन्ध दक्ष कामदार र आप्रवासी विद्यार्थीको हकमा लागू हुने प्रष्ट पारेका छन् । यसअघि प्रधानमन्त्री स्कट मोरिसनले फेसबुकमा एउटा स्ट्याटस लेख्दै आप्रवासी विद्यार्थी र दक्ष कामदारलाई स्वागत गर्न अस्ट्रेलिया आतुर रहेको बताएका थिए ।
यसैबीच, अष्ट्रेलियाको न्यू साउथ वेल्समा बुधबारदेखि नै कोरोनासम्बन्धी नियमहरु खुकुलो पारिने भएको छ । उक्त राज्यमा बुधबारदेखि सबै क्रियाकलापमा मानिसहरू सहभागी हुन पाउने भएका हुन् । यसअघि खोप लगाएका मानिसमात्रै निश्चित क्रियाकलापमा सहभागी हुन पाउने नियम न्यु साउथ वेल्समा लागू गरिएको थियो ।
News Desk 0 response मङ्लबार, मंसिर २८, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३