• बेलायती वैज्ञानिकहरुले दुई मात्रा खोप लगाएर मात्र कोरोनाको नयाँ भेरियन्टको ओमिक्रोनको संक्रमणबाट बच्न नसकिने बताएका छन । ओमिक्रोनको संक्रमणबाट बच्न कोरानोको दुवै डोज खोप मात्र पर्याप्त नभएको उनीहरुको भनाइ छ । ओमिक्रोन र डेल्डा भेरियन्टलाई लिएर गरेको प्रारम्भिक विश्लेषणमा ओमिक्रोन भेरियन्टको संक्रमणबाट जोगिनका लागि खोपको दुई मात्रा पर्याप्त नदेखिएको हो ।

    तर तेस्रो मात्रा अर्थात बुस्टर डोज लगाउँदा ७५ प्रतिशत व्यक्तिमा संक्रमण नदेखिएको बैज्ञानिकहरुले बताएका छन । यसअघि फाइजर एण्ड बायोएनटेकले फाइजरको बुस्टर मात्रा ओमिक्रोनविरुद्ध प्रभावकारी देखिएको जनाएको थियो । ओमिक्रोन भेरियन्ट अघिल्ला भन्दा बढी संक्रामक देखिएको छ । तर उपलब्ध खोपले काम गर्ने वा बुस्टर डोजले मात्रै काम गर्ने भन्ने स्पष्ट हुन बाँकी छ ।

4565