-
इटहरी । छैठ पर्व सेवा समितिको पाँचौँ तथा आठौँ वार्षिक साधारण सभा एवं अधिवेशनले बासुदेव कर्णको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ।
राधाकृष्ण शिव मन्दिरको सहमा आयोजित अधिवेशनले समितिको आगामी कार्यदिशा तय गर्दै छैठ पर्वलाई थप व्यवस्थित, सुरक्षित र भव्य रूपमा मनाउने प्रतिबद्धता जनाएको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा हरिओम भगत, सचिवमा मुकेशकुमार चौधरी, कोषाध्यक्षमा दीपकप्रसाद रौनियार, सहसचिवमा राजकुमार साह कानु, सहकोषाध्यक्षमा मनोज साह चयन भएका छन्। सदस्यहरूमा हिरा कुमारी चौधरी, सुरज महतो, विष्णु सिंह राजपुत, दिपेश ठाकुरलगायत रहेका छन्।समितिका अध्यक्ष मनोजकुमार चौधरीको अध्यक्षता तथा संस्थापक अध्यक्ष राजु रायको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रमा समितिलाई पु¥याएको योगदानको कदर गर्दै असफिराम रौनियार, सुरेन्द्रबहादुर तामाङ, उपेन्द्र साह र प्रकाश महतोलाई सम्मान गरिएको थियो। कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो।
News Desk 0 response आइतवार, साउन ३१, २०८३
नवनिर्वाचित अध्यक्ष बासुदेव कर्णले इटहरीमा छैठ पर्वलाई सुरक्षित, व्यवस्थित र श्रद्धापूर्वक सम्पन्न गर्न समितिले विगतदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। उनले आगामी दिनमा सबैको साथ र सहयोग लिएर छैठ पर्व व्यवस्थापनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
कर्णले सूर्यनारायण भगवानको मन्दिरमा दैनिक पूजा तथा दर्शनको व्यवस्था मिलाउन स्थानीय निकायसँग सहकार्य गर्ने, समितिको कोषलाई थप सुदृढ बनाउने तथा सामाजिक सेवाका विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए।
कार्यक्रममा इटहरी उपमहानगरपालिका प्रवक्ता तथा वडा नं. ६ का अध्यक्ष दिवस पोख्रेल, सार्वजनिक दुर्गा पूजा समितिका अध्यक्ष सन्दीप बोगटी, पूर्वअध्यक्ष बासु साहलगायतले छैठ पर्व सेवा समितिले धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए। अधिवेशनले नयाँ नेतृत्वसँगै समितिको गतिविधिलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३





