-
प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या तत्काल समाधान गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ ।
आपूर्ति सचिव डा गणेशप्रसाद पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका महासचिव विश्व अर्याललाई तत्काल समस्या समाधान गर्न निर्देशन दिनुभएको हो ।
उहाँले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदानचाहँदै कठोर हुनुपर्ने अवस्था आउन सक्नेतर्फसमेत सचेत गराउनुभएको छ । व्यवसायीहरूले पेट्रोलियम पदार्थ बेचे–नबेचेको अनुगमन गर्न कार्यवाहक प्रधानमन्त्रीले आफूहरूलाई निर्देशन दिएको र आफूहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौँको सहयोगमा अनुगमन गरेको निगमका कार्यवाहक महानिर्देशक गोइतले जानकारी दिनुभयो ।
उहाँका अनुसार कावा प्रधानमन्त्री खाँणको निर्देशनअनुरूप उपत्यकाका २० बढी पम्पहरूमा अनुगमन गरिएको र केहीले बेचेको तथा केहीले नबेचेको फेला परेको पनि उहाँले जानकारी दिनुभयो । आइतबार थानकोटको डिपो खुला हुने भएकाले तेल ल्याएर बिक्री गर्ने कागज बनाएर छाडेको पनि उहाँले जानकारी गराउनुभयो । आज साँझ ५ बजे आन्दोलनरत पक्षसँग वार्ता गर्ने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
डिलर्स एशोसिएशनका महासचिव अर्यालले पेट्रोलियम पदार्थमा देखिएको समस्या निगमसँग वार्ता गरेर टुङ्ग्याउन निर्देशन दिएको जानकारी दिनुभयो । व्यवसायी र डिजेल ढुवानीकर्ताहरूले डिजेलको भाउ बढेपछि डिजेल पेट्रोल बोक्ने ट्याङ्करको भाडा बढाइनुपर्नेलगायत माग राखेर पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्ने चेतावनी दिँदै आएका छन् ।
News Desk 0 response शनिबार, चैत्र १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा सम्पन्न
शनिबार, कार्तिक २२, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२





