-
मनाङ मस्र्याङ्दी क्लब काठमाडौँले यहाँ सञ्चालित दमक गोल्डकपको उपाधि हात पारेको छ । आज भएको उपाधि खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै मनाङले उपाधि प्राप्त गरेको हो । जितका लागि मनाङका विदेशी खेलाडी अफिज ओलावलले र शिशिर लेखीले गोल गर्नुभएको थियो ।
दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलको ५९औँ मिनेटमा ओलावललेले मनाङका लागि पहिलो गोल गरे भने ६७औँ मिनेटमा लेखीले अग्रतालाई दोब्बर बनाउँदै मनाङको जित निश्चित गरे । जितसँगै मनाङले रु १३ लाख ११ हजार हात पारेको छ भने उपविजेता बनेको पुलिसले रु छ लाख ११ हजारमा चित्त बुझाएको छ । फाइनल खेलको म्यान अफ दि म्याच विजयी टोलीका मौसा भए । उनले नगद रु १० हजार हात पारे ।
दमक नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा मनाङका विशाल सुनार, उत्कृष्ट डिफेन्डर नेपाल पुलिस क्लबका अञ्जान राई, उत्कृष्ट मिडफिल्डर मनाङका शिशिर लेखी, उत्कृष्ट फरर्वाड पुलिसका नीरकुमार राई, उत्कृष्ट गोलकर्ता मनाङका अफिज ओलावलले र उत्कृष्ट प्रशिक्षक मनाङका राजेन्द्र तामाङ घोषित भए । उनीहरूले जनही रु २१ हजार प्राप्त गरे । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मनाङका पुजन उपरकोटी घोषित भए । उने टीभीएस कम्पनीको मोटरसाइकल प्राप्त गरे भने उदीयमान खेलाडीका रूपमा आयोजक दमक–११ का राहुल लिम्बु घोषित भए । उनले पनि माउन्टेनबाइक उपहार प्राप्त गरे ।
यसैगरी आयोजक दमक नगर खेलकुद विकास समितिले चन्द्रकुमार गिरीलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट पुरस्कृत गरेको छ । उनी आयोजक दमक–११ प्रशिक्षक पनि हुन् । उनले यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरेका छन् । गत चैत ९ गते सञ्चालन भएको उक्त प्रतियोगिता चार विदेशीसहित आठ वटा टिमको सहभागिता थियो । प्रदेश १ कै सर्वाधिक राशि रहेको उक्त गोल्डकपको यस प्रतियोगिता दोस्रो संस्करण भएको जनाइएको छ ।
News Desk 0 response शुक्रबार, चैत्र १८, २०७८
-
फेसियल हाउसले इटहरीमा १० औं शाखा उद्घाटन
शनिबार, असार २८, २०८२ -
मकालु इङलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट नतिजा ल्याउने ३१ जना विद्यार्थीहरु एसइइ दिक्षित
शनिबार, असार २८, २०८२ -
उद्योग वाणिज्य संघ इटहरीको चुनावमा डमी मतदाता प्रयोगको आरोप, कार्यसमिति नै विभाजित
शुक्रबार, असार २७, २०८२ -
ड्राइभिङ स्कूल संघ नेपालको आयोजनामा बृहत रक्तदान कार्यक्रममा १२५ पिन्ट रगत संकलन
शुक्रबार, असार २७, २०८२
-
फेसियल हाउसले इटहरीमा १० औं शाखा उद्घाटन
शनिबार, असार २८, २०८२ -
मकालु इङलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट नतिजा ल्याउने ३१ जना विद्यार्थीहरु एसइइ दिक्षित
शनिबार, असार २८, २०८२ -
उद्योग वाणिज्य संघ इटहरीको चुनावमा डमी मतदाता प्रयोगको आरोप, कार्यसमिति नै विभाजित
शुक्रबार, असार २७, २०८२
-
सडक सुरक्षाका लागि युवाको पहल ः तरहरा–इटहरी सडक खण्डमा सरसफाइ अभियान सम्पन्न
बुधबार, असार २५, २०८२ -
मन्जुश्री फाइनान्सले लक्ष्मी माविलाई स्क्यानर ,कलर प्रिन्टर लगायतका सामाग्रीहरु हस्तान्तरण
मङ्लबार, असार २४, २०८२ -
स्वास्थ्य र सञ्चारको सहकार्यमा जोड दिँदै पाख्रिवासमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
बुधबार, असार २५, २०८२