-
पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) ले नेपालसँगको दुई खेलको एकदिवसीय क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको दोस्रो एवम् अन्तिम एकदिवसीयमा नेपाललाई ३ विकेटले हराउँदै पीएनजीले सिरिज २–० ले जितेको हो ।
शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो । नेपालले दिएको २ सय ७९ रनको लक्ष्य पीएनजीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । पीएनजीको जितमा लिगा साकाले ९० रन, रिले हेकुरेले अविजित ४८, सेसे बाउले ३८, चार्लेस अमिनीले ३५ र चाड सोपरले अविजित १६ रन बनाए । नेपालका लागि सोमपाल कामीले ३, पवन सर्राफले २ तथा सन्दीप लामिछाने र आरिफ शेखले १–१ विकेट झारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७८ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शतक प्रहार गरे । १ सय ४० बलमा ७ चौका प्रहार गर्दै १ सय ५ रन बनाएका ऐरी एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने तेस्रो नेपाली खेलाडी बन्न सफल भए ।
नेपालका लागि दिपेन्द्र देवले ७२, रोहित पौडेलले ३५, भिम सार्कीले २६, कप्तान सन्दीप लामिछानेले २४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । पीएनजीका लागि अलेइ नाओले ३, नोरमान भानुअले २ तथा चाड सोपर र चार्ल्स अमिनीले १–१ विकेट हात पारे । एकदिवसीय र त्रिदेशीय टी–ट्वान्टी सिरिजका लागि पीएनजी नेपाल भ्रमणमा आएको हो ।
News Desk 0 response शनिबार, चैत्र १२, २०७८
-
फेसियल हाउसले इटहरीमा १० औं शाखा उद्घाटन
शनिबार, असार २८, २०८२ -
मकालु इङलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट नतिजा ल्याउने ३१ जना विद्यार्थीहरु एसइइ दिक्षित
शनिबार, असार २८, २०८२ -
उद्योग वाणिज्य संघ इटहरीको चुनावमा डमी मतदाता प्रयोगको आरोप, कार्यसमिति नै विभाजित
शुक्रबार, असार २७, २०८२ -
ड्राइभिङ स्कूल संघ नेपालको आयोजनामा बृहत रक्तदान कार्यक्रममा १२५ पिन्ट रगत संकलन
शुक्रबार, असार २७, २०८२
-
फेसियल हाउसले इटहरीमा १० औं शाखा उद्घाटन
शनिबार, असार २८, २०८२ -
मकालु इङलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट नतिजा ल्याउने ३१ जना विद्यार्थीहरु एसइइ दिक्षित
शनिबार, असार २८, २०८२ -
उद्योग वाणिज्य संघ इटहरीको चुनावमा डमी मतदाता प्रयोगको आरोप, कार्यसमिति नै विभाजित
शुक्रबार, असार २७, २०८२
-
सडक सुरक्षाका लागि युवाको पहल ः तरहरा–इटहरी सडक खण्डमा सरसफाइ अभियान सम्पन्न
बुधबार, असार २५, २०८२ -
मन्जुश्री फाइनान्सले लक्ष्मी माविलाई स्क्यानर ,कलर प्रिन्टर लगायतका सामाग्रीहरु हस्तान्तरण
मङ्लबार, असार २४, २०८२ -
स्वास्थ्य र सञ्चारको सहकार्यमा जोड दिँदै पाख्रिवासमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
बुधबार, असार २५, २०८२