-
पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) ले नेपालसँगको दुई खेलको एकदिवसीय क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको दोस्रो एवम् अन्तिम एकदिवसीयमा नेपाललाई ३ विकेटले हराउँदै पीएनजीले सिरिज २–० ले जितेको हो ।
शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो । नेपालले दिएको २ सय ७९ रनको लक्ष्य पीएनजीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । पीएनजीको जितमा लिगा साकाले ९० रन, रिले हेकुरेले अविजित ४८, सेसे बाउले ३८, चार्लेस अमिनीले ३५ र चाड सोपरले अविजित १६ रन बनाए । नेपालका लागि सोमपाल कामीले ३, पवन सर्राफले २ तथा सन्दीप लामिछाने र आरिफ शेखले १–१ विकेट झारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७८ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शतक प्रहार गरे । १ सय ४० बलमा ७ चौका प्रहार गर्दै १ सय ५ रन बनाएका ऐरी एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने तेस्रो नेपाली खेलाडी बन्न सफल भए ।
नेपालका लागि दिपेन्द्र देवले ७२, रोहित पौडेलले ३५, भिम सार्कीले २६, कप्तान सन्दीप लामिछानेले २४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । पीएनजीका लागि अलेइ नाओले ३, नोरमान भानुअले २ तथा चाड सोपर र चार्ल्स अमिनीले १–१ विकेट हात पारे । एकदिवसीय र त्रिदेशीय टी–ट्वान्टी सिरिजका लागि पीएनजी नेपाल भ्रमणमा आएको हो ।
News Desk 0 response शनिबार, चैत्र १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३

बिहिबार, साउन २८, २०८३