-
आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले सानदार जित निकालेको छ । दुबई क्रिकेट रंगशालामा मंगलवार भएको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई सात विकेटले पराजित गरेको हो ।
१ सय ७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा आरिफ शेखले अविजित ५९, कुशल भुर्तेलले ५०, रोहित पौडेलले अविजित ४४ रन जोडे । ओपनर आसिफ शेख दुई रन र दीपेन्द्रसिंह ऐरी शुन्यमा आउट भए । पीएनजीका चाल्र्स अमिनीले दुई र काबुआ मोरेले १ विकेट हात पारे । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन जोडेको थियो ।
पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५, चाद सोपरले अविजित २२, लेगा सियाकाले २०, सेसे वाउले १९, नर्मन भानुआले १८, काबुआ मोरेआले अविजित १७ र चाल्र्स अमिनीले १३ रन जोडे । नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई–दुई तथा करण केसी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले एक–एक विकेट लिए । योसँगै नेपालको युएई यात्रा सकिएको छ । यस त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई २ विकेटले हराएको थियो भने दोस्रो र तेस्रो खेलमा युएईसँग ४८ र ९९ रनले पराजित भएको थियो ।
News Desk 0 response मङ्लबार, चैत्र ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३

बिहिबार, साउन २८, २०८३