-
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । यूएईको सारजाहमा बुधबार भएको खेलमा नेपालले पपुवा न्युगिनी लाई पीएनजीलाई २ विकेटले हराएको हो ।
पीएनजीले दिएको २ सय ५ रनको लक्ष्य नेपालले ४९ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । खराब सुरुआत गरेको नेपालको जितमा रोहित पौडेल र आरिफ शेखले अर्धशतकीय इनिङ्स खेले । रोहितले ५८ रन जोड्दा आरिफले ५३ रन बनाए । पीएनजीका नोरम्यान भानुवा, रिले हेकुरे र एली नाओले २÷२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । पीएनजीका लागि चार्ल्स अमिनीले ५९ रनको अर्धशतकीय इनिङ खेले । सोमपालको ओभरमा दिपेन्द्रको हातबाट आउट हुनुअघि उनले ८२ बल खेल्दै ७ चौका प्रहार गरे । यस्तै ओपनर टोनी उराले २७ तथा लेगा सियकाले २५ रन बनाए ।
चाद सोपरले ३५, नोरमान भानुले २३ असद भालाले १९ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । नेपालका सोमपाल कामीले ३ विकेट लिए । यस्तै सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले समान १÷१ विकेट लिए । अब नेपालले दोस्रो खेलमा घरेलु टोली युएईसँग शुक्रबार खेल्नेछ । यस्तै नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ । नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ ।
News Desk 0 response बुधबार, चैत्र २, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३

बिहिबार, साउन २८, २०८३