• हेटौंडा– पूर्वराष्ट्रिय बक्सर सुशील घिमिरेको पहलमा हेटौंडा–५क्याम्पाडा“डामा थालिएको मिनि रंगशाला निर्माणको कामले पुर्णता पाएको छ । गत बैशाख बाट पिप्ले युवा क्लबको अगुवाइमा सुरु भएको रंगशाला निर्माणको कामले एकबर्ष १६ दिनमै पुर्णता पाएको छ । निर्माण गरिएको रंगशालाको भव्य समारोह बिच शुक्रबार उद्घाटन गरिएको छ ।

    क्लब अध्यक्ष घिमिरेको अगुवाइमा स्थानीय व्यक्तिको सहयोगमा रंगशाला निर्माण अभियान सुरु भएको थियो । रंगशाला निर्माणका लागि सहयोगी संघसंस्था तथा व्यक्तिहरुले आवश्यक सहयोग पु¥याएका थिए । करिब पौने २ करोडमा रंगशाला निर्माण गरिएको क्लबका अध्यक्ष घिमिरेले जानकारी दिए । उनले भने ‘निर्माण सुरु गरेको एकवर्ष १६ दिनमा हामीले रंगशाला उद्घाटन गरेका छौं, यसमा हेटौंडा उपमहानगरपालिका र ५ नम्बर वडाबासीको तर्फबाट १ करोड ३९ लाख रुपियाँ लगानी भएको छ ।’ यस बाहेक विभिन्न सहयोगी संस्था एवम् व्यक्तिहरुबाट करिब ३० लाख रुपियाँ सहयोग प्राप्त भएको उनले बताए ।

    ‘ठ्याक्कै अन्तिम हिसाब निकाल्न बा“की छ । हालसम्म पौने २ करोड रुपैया“ खर्च भएको हाम्रो अनुमान रहेको छ अध्यक्ष घिमिरेले बताए । उनका अनुसार स्थानीय युवाहरुको श्रमदान धेरै रहेका कारण पनि खर्चमा व्यापक कमी भएको हो । रंगशालामा करिब ५ हजार दर्शक अट्ने प्याराफिट निर्माण गरिएको छ । उनका अनुसार फलामको र कंक्रिटको प्याराफिट निर्माण गरिएको हो । शनिबार सुरु हुने प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको उद्घाटन पनि नवनिर्मित रंगशालाबाटै उद्घाटन हुने छ । उनका अनुसार २० हजार क्षमताको रंगशालानको रुपमा यसलाई विकास गरिनेछ । ‘हामी अझै भौतिक पूर्वाधार थप्छौं । अहिलेलाई ५ हजार क्षमता भए पुग्छ भनेर उद्घाटन गरेका हौं ।’ हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र वडा अध्यक्ष राजेश बानिया“ले संयुक्त रुपमा रंगशालाको उद्घाटन गरेका थिए । उद्घाटनसँगै क्लबले रंगशालाको जन्मोउत्सबको रुपमा केक काटेको थियो ।

    हेटौंडा फुटबल खेलाडी उत्पादनको हिसावले देशमै अग्रस्थानमा रहेको भएपनि रंगशालाको अभावमा यहा“ सञ्चालन हुने फुटबल प्रतियोगिताहरु बा“सको अस्थायी प्यारफिटमा गर्नुपर्ने बाध्यता रह“दै आएको थियो । रंगशाला निर्माण नहु“दा खेलकुद प्रतियोगिताको व्यवस्थापन निकै फितलो हु“दै आएको थियो । रंगशाला निर्माणपश्चात् आगामी दिनमा फुटबलसहित विभिन्न खेलकुदका गतिविधि आयोजना गर्न सहज हुने बताइएको छ।

    उनले बक्सिङका लागि हेटौंडा ५ को बालज्योती माबि परिसरमा कभर्ड निर्माण गरेर पुनः रंगशाला निर्माण सहजै सम्पन्न हु“दा धेरै खुसी मिलेको बताए । उनको नेतृत्वमा रंगशाला नजिकै बक्सिङ कभर्ड हल समेत निर्माण भइसकेको छ । रंगशालामा फुटबलसहित एथ्लेटिक्सको ट्रयाक समेत निर्माण गरिएको छ । रंगशालामा अन्तर्राष्ट्रिय मापदण्डको आटवटा लेनसहितको १० मिटर चौडाइको एथ्लेटिक्स ट्रयाक निर्माण समेत गरिएको छ । अब रंगशाला परिसरमै कभर्ड हल बनाउने योजना रहेको उनले बताए ।अब इण्डोर खेलका लागि आवश्यक पर्ने गरी कभर्ड हल निर्माण गर्नेछौं । मिनि रंगशालाको रुपमा यसलाई हामी विकास गर्ने योजना रहेको अध्यक्ष घिमिरेले बताए ।

4565