• अभिनेता पल शाहविरुद्ध बलात्कार गरेको अर्को किटानी जाहेरी परेको छ । एक वर्षअघि गैंडाकोटस्थित एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले गैंडाकोट प्रहरीमा किटानी जाहेरी दिएकी हुन् ।

    प्रहरीमा दर्ता गराइएको जाहेरीमा शाहले आफूलाई २०७७ चैत ७ गते गैंडाकोटको एक होटलमा जबरजस्ती करणी गरेको आरोप लगाइएको छ । ती युवतीले आफूलाई सुटिङका लागि गैंडाकोट आएका बेलामा शाहले करणी गरेको दाबी गरेकी छिन् । पीडित युवती र उनका बाबु आएर किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । निवेदनउपर तत्कालै अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ ।

4565