• तीन दशक भन्दा बढी राप्रपको नेतृत्वमा रहेका कमल थापाले पार्टी परित्याग गर्दा राप्रपालाई ठुलो क्षति पुग्ने अनुमान गरिएकोमा उनको साथमा उभिने पधादिकारी देखिएका छैनन् । थापा एजेण्डाबाट विमुख भएकोले उनको साथमा नउभिने उनी पक्षिय पदाधिकारीले बताएका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले मंगलबार आफु पार्टीमा नरहेको बताए । उनले आफु पार्टीमा नरहेको बताएसँगै राप्रपामा नया तरंग छाएको छ । राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि असन्तुष्ट रहेका थापाले दरवारको नाङगो हस्तक्षेप रहेको भन्दै असन्तुष्टि पोख्दै आएका थिए । हार पछि छानविनको माग राख्दै आएका थापाले राजसंस्थाको पक्षमा वकालत नगर्ने समेत बताउदै आएका थिए । २०७६ मा राप्रपा र राप्रपा प्रजातान्त्रिक एकीकरण हुदा गिता छोएर पार्टी नफुटाउने बचन थापले महाधिवेशनमा पराजित भएको तीन महिना नै पुग्न नपाउदै पार्टीबाट आफु अलग भएको बताएका छन् ।

    राप्रपा महाधिवेशनबाट पदाधिकारी र केन्द्रिय समितिमा उनको पक्षले बहुमतमा सख्यामा बिजयी भएको थियो । उनले पार्टी छोडेसँगै उनका पक्षका पदाधिकारीहरुले उनको साथ दिने आकलन सुरु भएको थियो । तर, कुनै सरसल्लाह र एजेण्डा विहिन रुपमा थापाले पार्टी छाडेकाले उनलाई साथ नदिने पक्षमा उनी पक्षीय पदाधिकारी उभिएका छन्् ।

    थापा पार्टीबाट अलग हुदा पार्टीमा केहि क्षेति हुनेभएपनि सबैमिलेर अघिबढ्ने महामन्त्री राजेन्द्र गुरुङले बताए ।

    स्थानिय चुनाव नजिकिदै गर्दा थापाले पार्टी परित्याग गर्दा पार्टीलाई ठुुलो क्षति गर्ने आकलन हुदा राप्रपामा रहदा उनको पक्षमा रहेकाहरु समेत उनलाई साथ नदिने भएका छन् ।

    राजसंस्था र हिन्दुराष्ट्र प्रमुख एजेण्डा मान्दै आएका थापाले पार्टी परित्याग गरेर नयाँ पार्टी खोल्ने तयारीमा लागि रहदा अब उनको एजेण्डा र बाटो के हुन्छ र उनको जनमत कस्तो रहला भन्ने जिज्ञासा धेरैको देखिएको छ । प

4565