-
भारतलाई टुक्र्याइदिने भन्दै चीनबाट चेतावनी आएको छ । भारतले चीनलाई विभाजन गर्ने गरी ताइवान कार्ड खेल्न नछाडे चीनले पनि भारतलाई टुक्र्याइदिने चीनको सरकारी अखबारले चेतावनी दिएको हो ।
चीनको सत्ताधारी कम्युनिस्ट पार्टीनिकट अखबार ग्लोबल टाइम्समा केही महिनाअघि एक लेख प्रकाशित गर्दै चीनका अन्तर्राष्ट्रिय मामिलाका विज्ञ लंग जिंगचुनले यस्तो चेतावनी दिएका हुन् । जिंगचुन चीनको चेंगडु अफ वर्ल्ड अफेयर्सका अध्यक्ष समेत हुन् ।
जिंगचुनले चीनले भारतमा आन्तरिक विद्रोह सुरु गराउन सक्ने र यसले भारतलाई विभाजनसम्म पुर्याउन सक्ने चेतावनी दिएका छन् । भारतले ताइवान कार्ड खेल्न नछाडे चीनले पनि भारतमा पृथकतावादी आन्दोलन चलाउन सक्ने उनले चेतावनी दिएका हुन् ।
चीनले ताइवानलाई आफ्नो अभिन्न अंग मान्छ तर ताइवानले भने आफूलाई छुट्टै देश भन्ने गरेको छ । ताइवानलाई केही देशले छुट्टे देशको मान्छन् भने केहीले मानेका छैनन् ।
जिंगचुनले लेखेका छन् ‘यस्तो देखिन्छ कि चीन र भारतबीच सीमाका विषयमा जारी तनावका क्रममा भारतलाई ताइवान कार्ड खेल्ने लत लागिसकेको छ ।’ जिंगचुनले अगाडि भनेका छन् ‘अहिलेसम्म भारतले चीनको एक चीन नीतिलाई मान्दै आएको छ र यही कारण चीनले पनि भारतमा पृथकतावादीहरुलाई समर्थन दिइरहेको छैन । तर यदि भारतले ताइवानलाई समर्थन दिन जारी राख्यो भने चीनले भारतमा विद्रोह सुरु गराउन सक्छ ।’
जिंगचुनले लेखमा चेतावनी दिँदै भनेका छन् ‘भारतका उत्तर पूर्वी राज्यहरु त्रिपुरा, मेघालय, मिजोरम, मणिपुर, असम र नागाल्याण्डमा पृथकतावादीहरुलाई विद्रोह गर्नको लागि चीनले समर्थन दिन सक्छ । किनकि यहाँका जनता फरक जातिका छन् जो आफूलाई भारतको अंग मान्दैनन् र यीमध्ये कैयौं क्षेत्र ब्रिटिस शासनमा पहिले म्यानमारको अंग थिए ।’
ताइवान कार्ड खेलेर भारतले आफ्नै हितलाई नोक्सानी पुर्याइरहेको बताउँदै जिंगचुनले अगाडि भनेका छन् ‘यदि भारतका पृथकतावादीहरुले चीनको समर्थन पाए भने उनीहरु विद्रोह सुरु गर्न सक्छन् ।’
उनले पृथकतावादीहरुको म्यानमारका सुरक्षा बलसँग निकटको सम्बन्ध समेत निकट सम्बन्ध रहेको उल्लेख गर्दै यो सम्बन्धले भारतका लागि कठिनाइ बढाउने समेत उल्लेख गरेका छन् । सो चेतावनीले अहिलेसम्म पनि भारतमा तरंग कायमै रहेको छ । भारतले पनि सो चेतावनी नोटिसमा राखेको छ ।न्यूज भण्डार
News Desk 0 response बिहिबार, पुस २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३

बिहिबार, साउन २८, २०८३