• भारतको राजधानी नयाँ दिल्लीमा सप्ताहन्तमा कफ्र्यू लागू हुने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिन थालेपछि दिल्लीमा सप्ताहन्तमा कफ्र्यू लागू हुने भएको हो । मंगलबार बसेको दिल्ली विपत संकट व्यवस्थापन केन्द्रको बैठकले शनिबार र आइतबार कफ्र्यू लागू गर्ने निर्णय गरेको हो ।

    शुक्रबार राति दश बजेदेखि सोमबार बिहान पाँच बजेसम्म कफ्र्यू लागू हुने भएको हो । बैठकले कोरोनालाई लिएर नयाँ मापदण्ड पनि जारी गरेको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा ४ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल समेत कोरोना संक्रमित भएका छन ।

    यसैबीच, मुम्बइमा दैनिक संक्रमणदर २० हजारभन्दा उकालो लागेमा लकडाउन घोषणा गरिने मुम्ब नगरप्रमुख किशोरी पेड्नेकरले बताएकी छिन् । उनले लकडाउनसहितका नयाँ मापदण्डको तयारी भैरहको जनाएकी छिन् । पछिल्लो २४ घण्टामा भारतभर ३७ हजार ३ सय ७९ संक्रमित थपिएका छन् । थप १ सय २४ जनाको मृत्यु भएको छ ।

4565