• भारतको राजधानी नयाँ दिल्लीमा समुदायस्तरमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेको छ । विदेश यात्रा नगरेका व्यक्तिमा ओमिक्रोनको सङ्क्रमण पुष्टि हुनुले बिस्तारै यो समुदायस्तरमा फैलिरहेको दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले बताएका छन् ।

    दिल्लीको अस्पतालमा २ सय कोरोना सङ्क्रमित भर्ना भएका छन् । यसमा १०२ जना सङ्क्रमित दिल्लीकै र ९८ जना बाहिरका रहेको पनि जैनले जनाएका छन् । दिल्लीमा कूल सङ्क्रमितमध्ये ४६ प्रतिशत ओमिक्रोन सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ९२३ जना नयाँ सङ्क्रमित थपिएका छन् । दिल्लीमा मात्र २६३ जना ओमिक्रोनबाट सङ्क्रमित छन् ।

    पछिल्लो दिनमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ओमिक्रोन बढ्न थालेपछि कडाइ गरेका छन् । सिनेमा घर, जिम, स्कुल, कलेज बन्द गरिएको छ । तर, जुन दरमा कोरोना सङ्क्रमित बढिरहेका छन्, आगामी दिनमा स्थिति झनै खराब हुने विज्ञहरूले बताएका छन् ।

4565