• भारतीय सर्वेक्षण विभागले काली नदीको नाम फेरेर नयाँ नक्सा जारी गरेको छ । जारी गरिएको भारतको राजनीतिक नक्साको दशौं संस्करणमा काली नदीलाई कुटी याङ्ती भनेर देखाइएको छ । यो नक्सामा भारतले कालापानी क्षेत्रको नेपाली भूभागलाई आफ्नोतिर पार्ने गरी काली नदीको नाम फेरेको देखिन्छ ।

    भारतले निकालेको नयाँ नक्सामा लिम्पियाधुरा मुहान भएको काली कुटी याङ्ती र लिपुखोलाको दोभानदेखि तल दक्षिणको भागलाई मात्र काली भनिएको छ । यसअघि निकालेको नक्सामा लिम्पियाधुरा मुहान भएको नदीलाई काली भनेर उल्लेख थियो । यसअघिका सबै नक्सामा लिम्पियाधुराबाट निस्कने नदीलाई नै महाकाली भनिएको छ ।

    भारतले निकालेको हिन्दी भाषाको नक्साको सातौं संस्करणमा पनि काली नदीको नाम फेरेको छ । अंग्रेजी भाषामा प्रकाशित नक्सालाई नै हिन्दी भाषामा पनि राखेको छ । नक्सालाई भारतले यसै वर्ष संस्कृत भाषामा पनि प्रकाशित गरेको छ । त्यसमा पनि काली नदीको नाम फेरेको छ । १८१६ मा हस्ताक्षर भएको सुगौली सन्धिको पाँचौं बुँदा अनुसार काली नदी पूर्वको सम्पूर्ण भूभाग नेपालको हो । सन्धिले अन्तर्राष्ट्रिय सिमाना निर्धारण गरेको काली नदीको नामलाई अहिले ‘कुटी याङ्ती’ राखेर भारतले नयाँ नक्सा सार्वजनिक गरेको हो ।

4565