-
सामसङले आफ्ना प्रयोगकर्तालाई सामसङ क्लाउडमा रहेका फोटो तथा भिडिओ तत्कालै सुरक्षित गर्न आग्रह गरेको छ ।
कम्पनीले प्रयोगकर्ताका लागि अन्तिम सूचना जारी गर्दै सुरक्षित नगरेको खण्डमा सम्पूर्ण फोटो तथा भिडिओ डिलिट हुने जनाएको हो । यसअघि कम्पनीले प्रयोगकर्तालाई सामसङ क्लाउडमा उपलब्ध गराउँदै आएको निःशुल्क स्टोरेज बन्द गर्ने निर्णय गरेको थियो ।गुगल, माइक्रोसफ्ट वानड्राइभ, अमेजनलगायतका कम्पनीले जस्तै सामसङले पनि क्लाउडमा हुँदै आएको खर्च कटौतीको लागि यो निर्णय गरेको हो ।
उक्त निर्णयसँगै कम्पनीले प्रयोगकर्तालाई करिब तीन महिना समय अवधि उपलब्ध गराएको थियो । तर, अझै पनि लाखौं प्रयोगकर्ताले आफ्नो डेटा सुरक्षण नगरेको पाएसँगै कम्पनीले अन्तिमपटक भन्दै सूचना जारी गरेको हो ।
‘जसले आफ्नो डेटालाई सुरक्षित गरेका छैनन्, उनीहरूका लागि यो सूचना जारी गरिएको छ,’ कम्पनीले भनेको छ, ‘तत्कालै आफ्नो डेटा सुरक्षित नगरिएको खण्डमा फोटो तथा भिडिओ डिलिट हुनेछ ।’
यसको अर्थ सामसङले सामसङ क्लाउड नै बन्द गर्ने तयारी भने गरेको होइन । सामसङ क्लाउडमा प्रयोगकर्ताले कन्ट्याक नम्बर, नोट, क्यालेन्डर जस्ता कुराको सुरक्षित भने गर्न सक्नेछन् ।
News Desk 0 response आइतवार, भदौ १३, २०७८
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३