-
अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका–६ पिपलचोक ठेगाना भएका २० वर्षीय धिरेन कुमार मण्डल रहेका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
सामाजिक सञ्जाल वाट्सएप, इमो, फेसबुकको दुरुपयोग गरी उनले ठगी गरेको आरोप प्रहरीले लगाएको छ ।लक्की ड्र मार्फत २५ लाखको चिट्ठा परेको भन्दै उनले विभिन्न व्यक्तिसँग बैंक खाता र ओटीपी कोड लिई रकम आफ्नो बैंक खातामा सारेको प्रहरीले जनाएको छ । उनले दुई लाख एक हजार रूपैयाँ ठगी गरेको प्रहरीले बताएको छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय रंगेली मोरङसँग आवश्यक समन्यव गरी उनलाई पक्राउ गरेको हो ।उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन २६, २०७८
सम्बन्धित शीर्षकहरु
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३

सोमवार, अशोज १९, २०८३