• धनुषाको मिथिला बिहारी नगरपालिकामा ससुरा र बुहारीको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको छ । मिथिला नगरपालिका–५ ललियामा ५५ वर्षीय रामवृक्ष मण्डल र २१ वर्षीया बुहारी अमृता मण्डलको शव गाडिएको अवस्थामा फेला परेको हो ।

    मृतक दुवै जना बेपत्ता रहेको गाउँलेहरूले थाहा पाएपछि खोजी गर्ने क्रममा शव गाडिएको अवस्थामा फेला परेको हो । दुबै जना मंगलबारदेखि बेपत्ता थिए । उनीहरूको हत्यामा सग्लन रहेको आशंकका मृतक महिलाका पति ३० वर्षीय भागेश्वर मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

    भागेश्वरले बुवा र श्रीमतीको हत्या गरेर गाडेको स्वीकारेका छन । बुबा र श्रीमतीबीच अबैध सम्वन्ध रहेको आरोपमा उनले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

4565