• सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ थगामका खड्का बहादुर तामाङको प्रहरी हिरासतमा रहस्यमय मृत्यु भएका छ । ४ दिनदेखी बाह्रबिसे इलाका प्रहरीको हिरासतमा रहेका तामाङको मुत्यु रहस्यमय भएको भन्दै आफन्तजन आन्दोलित भएका छन् ।

    उनीहरुले तामाङको प्रहरीले कुटपिटबाट मृत्यु भएको आरोप लगाएका छन् । धुलिखेल अस्पतालमा उपचारका लागि पु¥याइएका तामाङको उपचार गर्न नपाई मृत्यु भएको हो । आफन्तजनहरुले तामाङको शरिरभरी निलडाम भएको तस्बिर सार्वजनिक गरेका छन् ।

    आफन्तजनले कुटपिट भएको ठोकुवा गर्दै घटनामा संलग्न प्रहरीलाई अनुसन्धान गरी कडा कारबाही हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । सहकारी चोरी गरेको आरोपमा तामाङलाई प्रहरीले साउन १८ गते बेलुका पक्राउ गरि हिरासतमा राखेको थियो ।

4565