• संसदीय समितिमा एमसीसी बारे सांसदहरुले चासो राखेका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालको परराष्ट्र नीति बारे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग गरेको छलफलमा सांसदहरुले एमसीसी बारे सांसदहरुलाई स्पष्ट पार्न माग गरेका छन् ।

    नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारी र नेकपा(एमाले) का सांसद मोहन बानियाँले नेपाल सरकारले गर्ने सहमती, सम्झौता बारे स्पष्ट जानकारी दिन माग गरेका हुन् । उनीहरुले विगतमा गरिएका सन्धी, सम्झौताले नेपाललाई दुरगामी असर गर्ने भएकाले सचेत रहन सुझाव दिएका छन् ।

    बैठकमा सहभागी परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले एमसिसी बारे स्पष्ट जवाफ नदिएपनि सन्धी, सम्झौता गर्दा नेपालको सर्वोपरी हितलाई ध्यान दिएको बताए ।समितिले नेपालको परराष्ट्र नीति बारे सबै पक्षसँग श्रृङ्खलावद्ध छलफल गर्ने भएको छ ।

4565