• पाँचथरको फाल्गुनन्द गाउँपालिका– ५ र इलामको फाकफोकथुम गाउँपालिका—१ मा संचालित डिप बोरिङ खानेपानी योजना अलपत्र परेको छ । उपभोक्ता समिति र निर्माण कम्पनीबीचको असमझदारीका कारण आयोजना अलपत्र परेको हो ।

    पाँचथरको फाल्गुनन्द गाउँपालिका– ५ र इलामको फाकफोकथुम गाउँपालिका—१ मा डिप बोरिङ खानेपानी योजनाको काम उपभोक्ता समिति मार्फत पाथीभरा सोलार एण्ड डिलिङले पूरा गरेको थियो । समिति र ठेकेदार बीचको सहमती अनुसार ठेकेदार कम्पनीले योजनामा प्राविधिक समस्या दुईवर्षसम्म हेर्ने सहमती गरेको थियो । तर योजनाको प्यानलबोडमा आएको समस्या समाधान गर्ने बिषयमा दुबै पक्षले चासो नदिदा बजारमा खानेपानीको हाहाकार भएको हो ।

    आर्थिक वर्ष २०७५÷०७६ को बजेटबाट फाकफोकथुमको १५ लाख र फाल्गुनन्दको १७ लाख गरी ३२ लाखमा उपभोक्ता समिति मार्फत निर्माण कम्पनीले काम गरेको थियो । सहमती अनुसार समितिले २४ लाख ७३ हजार ७ सय ५० दिएको र बाँकी ५ लाख १५ हजार ४ सय ८८ पाउँन बाँकी रहेको ठेकेदार कम्पनीको दाबि छ । सो रकम नपाएसंम्म समितिलाई योजनाको प्यानलबोड नदिने निर्माण व्यवसायी देबेन्द्र चोम्लागाईले बताए । यता समितिले सहमती अनुसार सबै रकम दिएको भन्दै योजनाको प्यानलबोड कम्पनीले अझै नदिएको तर्क गर्दै आएको छ ।

    आपसी देनदेनको व्यवहारले गर्दा योजना दुई महिनादेखि अलपत्र परेको भन्दै गाउँपालिकाले आवश्यक समन्वय गर्ने बताउँदै आएको छ ।लामो समयदेखि ठेकदार र समितिले आर्थिक लेनदेनको कारोवार देखाउँदै खानेपानी योजनामा खेलबाड गर्दै आएका छन । जस्का कारण बजारका २ सय घरधुरीका २५ सय नागरिक प्रत्यक्ष मारमा परेका छन । यस्तो अवस्थामा सम्बन्धित निकायले बेलैमा चासो दिनु आवश्यक छ ।

4565