-
पाँचथरको फाल्गुनन्द गाउँपालिका– ५ र इलामको फाकफोकथुम गाउँपालिका—१ मा संचालित डिप बोरिङ खानेपानी योजना अलपत्र परेको छ । उपभोक्ता समिति र निर्माण कम्पनीबीचको असमझदारीका कारण आयोजना अलपत्र परेको हो ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका– ५ र इलामको फाकफोकथुम गाउँपालिका—१ मा डिप बोरिङ खानेपानी योजनाको काम उपभोक्ता समिति मार्फत पाथीभरा सोलार एण्ड डिलिङले पूरा गरेको थियो । समिति र ठेकेदार बीचको सहमती अनुसार ठेकेदार कम्पनीले योजनामा प्राविधिक समस्या दुईवर्षसम्म हेर्ने सहमती गरेको थियो । तर योजनाको प्यानलबोडमा आएको समस्या समाधान गर्ने बिषयमा दुबै पक्षले चासो नदिदा बजारमा खानेपानीको हाहाकार भएको हो ।
आर्थिक वर्ष २०७५÷०७६ को बजेटबाट फाकफोकथुमको १५ लाख र फाल्गुनन्दको १७ लाख गरी ३२ लाखमा उपभोक्ता समिति मार्फत निर्माण कम्पनीले काम गरेको थियो । सहमती अनुसार समितिले २४ लाख ७३ हजार ७ सय ५० दिएको र बाँकी ५ लाख १५ हजार ४ सय ८८ पाउँन बाँकी रहेको ठेकेदार कम्पनीको दाबि छ । सो रकम नपाएसंम्म समितिलाई योजनाको प्यानलबोड नदिने निर्माण व्यवसायी देबेन्द्र चोम्लागाईले बताए । यता समितिले सहमती अनुसार सबै रकम दिएको भन्दै योजनाको प्यानलबोड कम्पनीले अझै नदिएको तर्क गर्दै आएको छ ।
आपसी देनदेनको व्यवहारले गर्दा योजना दुई महिनादेखि अलपत्र परेको भन्दै गाउँपालिकाले आवश्यक समन्वय गर्ने बताउँदै आएको छ ।लामो समयदेखि ठेकदार र समितिले आर्थिक लेनदेनको कारोवार देखाउँदै खानेपानी योजनामा खेलबाड गर्दै आएका छन । जस्का कारण बजारका २ सय घरधुरीका २५ सय नागरिक प्रत्यक्ष मारमा परेका छन । यस्तो अवस्थामा सम्बन्धित निकायले बेलैमा चासो दिनु आवश्यक छ ।
News Desk 0 response बुधबार, चैत्र १८, २०७७
सम्बन्धित शीर्षकहरु
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३