• इटहरी । क्लियर भिजन अप्टिकलले आफ्नो पाँचौँ स्थापना दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण सुरु गरेको छ । वार्षिकोत्सवको खुसीयालीमा समुदायप्रति सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले उक्त शिविर पुस १५ गते देखि २१ गते सम्म निःशुल्क आँखा परीक्षणका सथै २० जना जेष्ठ नागरिक लाई निः शुल्क भश्मा वितरण गर्ने अन्य लाई विषेस छुटमा उपलब्ध गराउदै आएको हो ।क्लियर भिजन अप्टिकलका संचालक सुमन गुरागाईंले वार्षिकोत्सवको अवसरमा सर्वसाधारणका लागि निःशुल्क आँखा जाँच सेवा उपलब्ध गराइने साथै, सोही अवसरमा २० जना ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा तथा आवश्यक सामग्री वितरण गरिने जानकारी बताए ।ज्येष्ठ नागरिकहरूको आँखाको स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ने आवश्यकता महसुस गरी यो पहल गरिएको गुरागाईंको भनाइ छ ।उनका अनुसार आँखासम्बन्धी समस्या समयमै पहिचान र उपचार गर्न सके दीर्घकालीन समस्याबाट जोगिन सकिन्छ । आगामी दिनमा यस्ता निःशुल्क सेवा तथा सुविधाहरू अझ विस्तार गर्दै लैजाने पनि रहेको उनले बताए ।

    १५ अगाडी पिनाक चश्मा घरको सफलता पछी स्थापना गरेको क्लियर भिजन अप्टिकलले विगत पाँच वर्षदेखि गुणस्तरीय चस्मा, लेन्स तथा आँखा सम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

    ग्राहकको विश्वास र साथकै कारण पाँचौँ वर्षसम्म सफलतापूर्वक सेवा दिन पाएको जनाएको छ ।निःशुल्क आँखा परीक्षणमा वि अप्टम संजिवनी क्षेत्रीले परिक्षण गरिरहेको शिविर बाट १५ सय बढीले सेवा लिने अपेक्षा गरिएको छ । शिविरमा सहभागी हुन इच्छुक सर्वसाधारणलाई निर्धारित समयमा उपस्थित हुन अप्टिकलले अनुरोध गरेको छ ।

4565