-
इटहरी । नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता भवानी शंकर एण्ड सन्सले अहिलेसम्मकै सबैभन्दा धेरै फिचरयुक्त नयाँ मोडेल ‘भिक्टोरिस’ इटहरीमा सार्वजनिक गरेको छ ।
भविष्यमुखी डिजाइन, विलासी आराम र इन्टेलिजेन्ट प्रविधिको उत्कृष्ट संयोजनका रूपमा प्रस्तुत गरिएको यो गाडीले आधुनिक ग्राहकको आवश्यकतालाई पूर्ण रूपमा सम्बोधन गर्ने कम्पनीको विश्वास छ ।
नयाँ भिक्टोरिसमा बलियो हाइब्रिड र १.५ लिटर स्मार्ट हाइब्रिड पेट्रोल इन्जिन का विकल्प उपलब्ध छन्। गाडी म्यानुअल र अटोमेटिक (स्वचालित) दुवै ट्रान्समिसनमा पाइनेछ। साथै, अत्याधुनिक रोड अवेयरनेस टेक्नोलोजी, एडभान्स सेफ्टी सिस्टम, मल्टिपल एयरब्याग, स्टेबिलिटी कन्ट्रोल र स्मार्ट ड्राइभ असिस्ट जस्ता फिचरले यसलाई अझ सुरक्षित र भरपर्दो बनाएको छ ।
ग्राहकको आरामलाई ध्यानमा राख्दै गाडीमा प्रिमियम इन्टेरियर, स्मार्ट इन्फोटेनमेन्ट सिस्टम, कनेक्टेड कार फिचर, आरामदायी सिट, प्रशस्त लेगरूम र लक्जरी फिनिसिङ समावेश गरिएको छ ।
शक्तिशाली पावरट्रेन र स्मार्ट हाइब्रिड प्रविधिका कारण इन्धन बचतसँगै वातावरणमैत्री ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
News Desk 0 response शनिबार, पुस २६, २०८२
उत्कृष्ट प्रविधि र प्रदर्शनका कारण यो मोडेलले प्रतिष्ठित ‘इन्डियन कार अफ द इयर २०२५’ अवार्ड समेत जित्न सफल भएको छ, जसले यसको अन्तर्राष्ट्रिय स्तरको गुणस्तर पुष्टि गर्छ ।
कम्पनीले भिक्टोरिसको लन्चिङ अफर मूल्य ५० लाख ९९ हजार रुपैयाँ तोकेको छ । साथै, सीमित अवधिका लागि पहिलो बुकिङमा २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस उपलब्ध गराइने भवानी शंकर एण्ड सन्सका निर्देशक मिसन पराजुलीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले सुजुकी ब्रान्डप्रति नेपाली ग्राहकको भरोसा अझ मजबुत हुँदै गएको बताउँदै भिक्टोरिसले बजारमा राम्रो लोकप्रियता पाउने विश्वास व्यक्त गरेका थिए ।
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३





